भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

७० प्रतिशत घरेलु हिंसा घरभित्रै : मन्त्री तिमिल्सिना

७० प्रतिशत घरेलु हिंसा घरभित्रै : मन्त्री तिमिल्सिना

तिलोत्तमा । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्रबाटै हुने बताएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजनाले शनिबार तिलोत्तमामा आयोजना गरेको सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसाविरुद्ध सचेतनामूलक कार्यक्रममा बोल्दै उनले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको तथ्यांकले बताउने जनाए ।

उनले लैंगिक हिंसाविरुद्धको अभियानमा महिलाको उत्साहजनक सहभागिताले महत्व राख्ने पनि बताए । मन्त्री तिमिल्सिनाले हिंसा हुनुमा महिला अशिक्षित हुनु, सानै उमेरमा विवाह हुनु र पारिवारिक दबाबले हुने विवाह आदि कारण रहेको भनाइ राखे । हाम्रो प्रदेशमा भने महिला साक्षरता दर प्रतिशतका हिसाबले राम्रै छ, उनले भने, साक्षरताका पछाडि लुकेको हिंसाको जरो खोतल्न र त्यसको निर्क्यौल गर्ने तरिकाबारे बुझ्न जरुरी रहेको छ ।

तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले लैंगिक हिंसाविरुद्धका यस्ता कार्यक्रम समाजका लागि प्रभावकारी रहेको बताए । हामी लैंगिक हिंसा हुनुहुँदैन भन्ने जागरुकता ल्याउन पटकपटक छलफल गर्छौं, महिलाका कुरा सुन्छौं, हिंसा कम गर्ने माध्यम पहिचान गर्नतर्फ ध्यान दिन्छौं, उनले भने, तर यसका लागि सबैको साथ । सहयोग चाहिन्छ ।

उपप्रमुख जगेश्वरदेवी चौधरीले पालिकालाई लैंगिकमैत्री बनाउन हरेक तहसँग छलफल गरेर सूचक तयार गरिसकेको जनाइन् ।कान्तिपुरबाट…

 


Thali Mobile Pvt.Ltd.