भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

८ करोड कुम्ल्याएका मालपोतका कार्यालय सहयोगी विरुद्ध मुद्दा दयार

८ करोड कुम्ल्याएका मालपोतका कार्यालय सहयोगी विरुद्ध मुद्दा दयार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध अकुत सम्पत्ति आर्जनमा मुद्दा दयार गरेको छ । हाल निलम्बित उनले ८ करोड ९८ लाख ५८ हजार अवैध रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

कार्यालय सहयोगी बस्नेतले ३० वर्षे जागिर जीवनमा यति धेरै सम्पत्ति आर्जन गरेका हुन् । पदीय दुरुपयोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्ने उजूरीपछि अख्तियारले उनीविरुद्ध अनुसन्धान गरेको हो ।

बस्नेतकी श्रीमती सीता बस्नेत¸ आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेतलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । बस्नेतविरुद्ध दुई वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गरी त्यसरी आर्जन गरेको गैरकानुनी सम्पत्तिसमेत जफतको माग गरिएको छ।