भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र

अख्तियारको नियन्त्रणमा मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्र नियन्त्रणमा लिएको हो ।

विभिन्न विषयसँग सम्बन्धित उजुरीका विषय अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो । शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको अख्तियार कार्यालयले सुर्खेतले जनाएको छ ।

विश्वविद्यालयका विषयमा विभिन्न कार्यमा संलग्न भएका उजुरी परेकोले अनुसन्धानका लागि कागजपत्रहरु नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले बताए । अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको हो ।

 


Thali Mobile Pvt.Ltd.