भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित

एजेन्सी । अमेरिकामा भएको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती थपिएको सङ्केत गरेको छ। निर्वाचनको प्रारम्भिक परिणाममा डेमोक्रेटिक पार्टीले नर्थ क्यारोलाइनाको सिनेट सिट जित्दै रिपब्लिकनबाट एक सिट खोसेको छ। जर्जियामा भने डेमोक्रेटिक सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्।

नर्थ क्यारोलाइनामा डेमोक्रेटिक उम्मेदवार रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल वाट्लीलाई पराजित गर्दै सिनेट सिट जितेका हुन्। यो निर्वाचन रातको पहिलो महत्त्वपूर्ण सिट परिवर्तनका रूपमा देखिएको छ। त्यस्तै जर्जियामा जोन ओसोफले रिपब्लिकन उम्मेदवार माइक कोलिन्सलाई पराजित गर्दै आफ्नो सिट सुरक्षित गरेका छन्।

अमेरिकामा यस निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका ३५ सिटका लागि मतदान भएको हो। यससँगै विभिन्न राज्यका गभर्नर तथा स्थानीय पदमा पनि निर्वाचन भएको छ। मध्यावधि निर्वाचन राष्ट्रपतिको चारवर्षे कार्यकालको बीचमा हुने संसदीय तथा राज्यस्तरीय निर्वाचन हो। यसबाट राष्ट्रपति परिवर्तन हुँदैन, तर संसद्मा कुन दलको बहुमत रहने भन्ने निर्धारण हुन्छ।

सन् २०२६ को मध्यावधि निर्वाचन राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको बीचमा भएको हो। त्यसैले यसलाई उनको प्रशासनको कामकारबाहीप्रति मतदाताको धारणा बुझ्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

निर्वाचनको नतिजाले आगामी दुई वर्ष ट्रम्प प्रशासनलाई आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन कति सहज हुन्छ भन्ने पनि निर्धारण गर्नेछ। संसद्का दुवै सदनमा डेमोक्रेटिक पार्टीले कति सिट हासिल गर्छ भन्ने विषयमा मतगणना जारी रहँदा अन्तिम परिणामले अमेरिकी राजनीतिको आगामी दिशा स्पष्ट पार्नेछ।

 


Thali Mobile Pvt.Ltd.