भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

अर्थमन्त्री विवादबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

अर्थमन्त्री विवादबारे छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अर्थमन्त्री जनार्दन शर्माको विवादबारे तत्काल छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । ‘बजेट निर्माणको बेलाको विषयसमेतलाई जोडेर संसद र आमजनमानसको गम्भीर चासोको विषय बनिसकेकाले विश्वासिलो तरिकाले समाधान गर्न संसदिय छानबिन समिति बनाएर यथार्थ कुरा सार्वजनिक गर्न उपसभापति खड्काले माग गरेका हुन् ।

काँग्रेस उपसभापति खड्काले विगतमा पनि यस्ता घटनाहरुमा संसदको यस्तो परम्परा रहेको अवगत गराउँदै ढिलो नगरी आजै टुङ्गो लगाउँन संसदीय छानविन समिति गठन गरिनु राम्रो हुने जिकिर गरे ।

त्यसैगरी काँग्रेसकै महामन्त्री गगनकुमार थापाले गठबन्धन सरकारले जनताका अपेक्षाहरु पूरा गर्न नसकेको र जनतामा विश्वासिलो काम गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीले राजीनामा गराएर छानबिन गर्नु पर्ने बताएका थिए ।

 


Thali Mobile Pvt.Ltd.