भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

फेरी कोरोनाले चपेटा दिदै

फेरी कोरोनाले चपेटा दिदै

काठमाडौं । १ करोड ३० लाख जनसंख्या भएको चीनको सियान शहर एक साताका लागि बन्द भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द भएका हुन । गत वर्षको अन्त्यमा ऐतिहासिक शहर सियानमा एक महिना लामो लकडाउन गरिएको थियो ।

कोभिडको ओमिक्रोन सव भेरियन्टबाट जोगिन लकडाउन गरिएको चीन सरकारले जनाएको छ । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा पनि देखिएको थियो । लकडाउनको अवधिभर पव, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जनका स्थलहरु बन्द हुने जनाइएको छ । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको र शहरमा प्रत्येक दिन १८ जनामा कोरोनाको नयाँ संक्रमण फेला पर्न थालेको उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.