भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

अस्थायी बेलिब्रिज हटाइदा स्थानीय मर्कामा

अस्थायी बेलिब्रिज हटाइदा स्थानीय मर्कामा

खोटाङ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारको बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी फोक्सिङटारमा गएको पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बर्खा लागेसँगै झिकिएको हो ।

खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइदा यहाँका स्थानीयले दुःख भोग्दै आएको छ । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत पर्ने फोक्सिङटारमा आर्क डिजाइनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

५० मिटर लम्बाई भएको बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.