भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अस्थायी बेलिब्रिज हटाइदा स्थानीय मर्कामा

अस्थायी बेलिब्रिज हटाइदा स्थानीय मर्कामा

खोटाङ । खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारको बेलिब्रिज हटाइएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोशी फोक्सिङटारमा गएको पुसदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज बर्खा लागेसँगै झिकिएको हो ।

खोटाङलाई पूर्वी शहरसँग जोड्ने सुनकोशी फोक्सिङटारमा राखिएको अस्थायी बेलिब्रिज हटाइदा यहाँका स्थानीयले दुःख भोग्दै आएको छ । दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तर्गत पर्ने फोक्सिङटारमा आर्क डिजाइनको पुल निर्माणमा ढिलाइ हुँदा विगत ६ वर्षदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

५० मिटर लम्बाई भएको बेलिब्रिज निकालेपछि दिक्तेल–गाईघाट सिधा यातायात बन्द भएको छ । गाईघाट–दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी–भानुमती–चौधरी जेभीले बेलिब्रिज हटाएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.