भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन भ्रष्टाचारको आरोपमा पक्राउ

भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौँ । शुद्धीकरण मुद्दामा भारतका स्वास्थ्य मन्त्री पक्राउ परेका छन् । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका हुन । भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोप लागेको छ । केही दिन अघि पञ्जाव सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेको घटना नसेलाउदै जैन पक्राउ परेका हुन ।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मी पार्टीले पञ्जावमा आश्चर्यजनक सफलता प्राप्त गरेको र आम आद्मीले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने उद्घोष गरे पनि जैन पक्राउ परकोमा आम आद्मी पार्टीले विरोध गरिरहेको छ । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज समेत हुन् ।

 


Thali Mobile Pvt.Ltd.