भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू

आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू

काठमाडौं । आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा हुने उपनिर्वाचनका लागि बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको हो । मौन अवधिको पालना भए नभएकोबारे निर्वाचन आयोगले कडाईका साथ निगरानी गर्ने जनाएको छ ।

मतदान सुरू हुनु ४८ घण्टा अघिदेखि मौन अवधि सुरू हुने भएकाले राजनीतिक दल तथा उम्मेदवारले यो समयमा कुनै पनि माध्यमबाट चुनावी प्रचार प्रसार गर्न नपाउँने निर्वाचन आयोगले जनाएको छ ।

सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले उपनिर्वाचनमा रौनक थपेको छ भने त्यही कारण दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका छन् ।

बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा आइतवार उपनिर्वाचन हुँदैछ । बिहीबार अबेरसम्म दलहरु उपनिवाृचनको प्रचारप्रसारमा व्यस्त थिए । यसपटक उपनिर्वाचनको उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्म आइपुग्दा यसले ठूलो आकार पाएको छ ।

देशको सम्पूर्ण राजनीतिक शक्ति तीन वटा निर्वाचन क्षेत्रमा केन्द्रित भएको छ । आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन हुन लागेको भए पनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.