काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठो मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
आज कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।
कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा यूएई घुम्न लगेर नेपाली युवालाई रूसी सेनामा भर्ती गराउने गरेको पाइएको छ । नेपाली नागरिकलाई रुस लैजाने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरुको प्रारम्भिक...
काठमाडौं । सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा विदेशी कैदीबन्दीले भरिएको छ । २६१ विदेशी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा विभिन्न मुलुकबाट नेपाल आएर आपराधिक क्रियाकलापमा संलग्न रहेका थिए...
काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्रीबारे आज छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । एनसेलको ८० प्रतिशत शेयर खरिद बिक्री...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि राति शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएको गृह मन्त्रालयले जनाएको छ ।...