८ असार २०७७ काठमाडौँ । सरकारले एक सातादेखि सरकारी कार्यालय सञ्चालन गरेसँगै निजी कार्यालय पनि खुलेका छन् । कार्यालय संगसंगै निजी सवारीसाधन जोर–बिजोरका आधारमा चल्न थालेका छन् । जनजीवन सहज बनाउन सरकारले सार्वजनिक यातायात चलाउन छलफल थालेको छ ।
ग्यारेजमा थन्किएका सवारीसाधनको चेकजाँच गरी तयारी अवस्थामा राख्ने विषयमा यातायात व्यवस्था विभागले व्यवसायीसँग छलफल गरेको छ । भौतिक योजना तथा पूर्वाधार मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुर प्रतिनिधिबीच छलफल चलेको विभागले जनाएको छ ।
विभागले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी मापदण्ड बनाई गत जेठ २५ गते व्यवसायीहरू पहिलो चरणको छलफल भएको थियो । सोही दिन विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ संयुक्त कमिटी पनि गठन भएको थियो ।यातायात व्यवसायीले सरकारी मापदण्डबाट सवारीसाधन सञ्चालन गर्न नसकिने जनाएका छन् ।
सरकारले तत्काल सार्वजनिक यातायात सञ्चालनमा ल्याउने तयारी गरे पनि आधा यात्रु बोकेर सवारी चलाउन सक्ने स्थिति नरहेको व्यवसायीले जोडदार कुरा राखेका छन् ।यात्रुबाहक सवारीलाई ठूलो चुनौती रहेको र लगानी डुब्न थालेको उनीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । जनताको मुख थुनेर सत्तामा टिकिरहन्छु भन्नु मुर्खता बाहेक केही नहुने र त्यसको अन्त्य चाँडै हुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले टिप्पणी गरेका छन् । काठमाडौंमा...
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएका हुन । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस...
काठमाडौं । एमालेले बैतडीबाट सुरु गरेको ‘झुलाघाट–चिवा भञ्जयाङ पाँचथर’ बाट सुरु गरेको ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ आज बागलुङ पुगेको छ । अध्यक्ष केपी ओलीसहितको टोली पदयात्राका क्रम आज बागलुङ पुग्ने...
काठमाडौं । एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब...