भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

एउटाको भुडी बोकेर अर्कैसंग विवाह

एउटाको भुडी बोकेर अर्कैसंग विवाह

८ असार २०७७ सप्तरी । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका एक जना मुखिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा २५ वर्षीय लालबहादुर मुखिया छन् । आरोपितको बलात्कारबाट तीन महिनाको गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौका छोपी लालबहादुरले भुइँमा पछारेर बलात्कार गरेको बताएपछि कारवाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । आरोपित लालबहादुरका एक छोरा र एक छोरी छन् ।

यसअघि गाउँमा भएको छलफलले गर्भवती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीयले बताए। गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताए अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिएको उनीहरुको भनाई छ ।

बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिए । लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.