भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

आर्थिक उदारताले संस्थाहरु डुब्ने खतरा रहेको मेयर प्रजापतिको चेतावनी

आर्थिक उदारताले संस्थाहरु डुब्ने खतरा रहेको मेयर प्रजापतिको चेतावनी

भक्तपुर । आर्थिक कारोबारमा संलग्न पदाधिकारीहरुको उदारताले नै संस्थाहरु डुब्ने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताएका छन् । मंगलबार भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै मेयर प्रजापतिले उक्त कुरा बताएका हुन ।

सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोष जनताको हितमा ख्वप अस्पतालमार्फत थप सेवा प्रदान गर्ने जानकारी दिदै मेयर प्रजापतिले २०२५ सालमा नवदुर्गा बहुमुखी संस्थाका पदाधिकारीहरुले गरेको भ्रष्टाचारविरुद्ध स्थानीय जनताले कारबाही गरेको सम्झनामा सहकारीकर्मीहरुको भेला आयोजना गरेको जानकारी दिए ।आर्थिक उदारताले संस्थाहरु डुब्ने खतरा रहेको मेयर प्रजापतिको चेतावनी

भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने उल्लेख गर्दै भारत, जापान, दक्षिण कोरियामा प्रधानमन्त्री भइसकेका व्यक्तिहरुलाई समेत त्यहाँका अदालतले जेल र ज्यान सजायँ दिएकोबाट नेपालले सिक्नुपर्ने तर्क गरे । सहकारी संस्थाहरुले आर्थिक पारदर्शिता र अनुशासनमा बसी व्यापक जनताको हितमा काम गर्न मार्गनिर्देशन दिदै मेयर प्रजापतिले सहकारी सञ्चालकहरु पारदर्शी हुने पर्ने बताए ।

कार्यक्रममा सहकारी समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको रकम भक्तपुर नपालाई हस्तान्तरण गर्ने क्रम चालु रहेको बताउँदै उक्त कोषको रकम जनताकै हितको निम्ति प्रयोग हुने जानकारी दिए ।आर्थिक उदारताले संस्थाहरु डुब्ने खतरा रहेको मेयर प्रजापतिको चेतावनी

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीकोे संक्षिप्त इतिहासबारे प्रष्ट पार्दै समुदायमा आधारित सहकारीहरुले जनताको हितमा काम गर्नुपर्ने बताए । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, वडा सदस्यद्वय श्यामसुन्दर मातां र नारायणप्रसाद त्वानाबासु समेतले सहकारी बारे आफ्नो विचार राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.