बजारमा चलेको हल्लाले हाम्रो सहकारीलाई छुँदैनः अध्यक्ष त्वायना

बजारमा चलेको हल्लाले हाम्रो सहकारीलाई छुँदैनः अध्यक्ष त्वायना

वित्तीय क्षेत्रमा विकृति मौलाइरहेका बेला केही सहकारी यस्ता पनि भेटिए जसले बचतकर्ताको विश्वासलाई डगमगाउन दिएन । नेपाल सरकार, सहकारी विभाग र नियमनकारी निकायले जारी गरेका निर्देशन, नीति तथा नियमहरु लत्याउँदै सञ्चालकले मनपरि रकम हिनामिनासमेत गरे । अनउत्पादक क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्र नै डामाडोल पार्ने अवस्थामा पुगे । यी र यस्ता समाचार छ्यापछ्याप्ती आइरहदाँ श्री बाराही सहकारी संस्था लि.ले भने उत्साहपूर्वक बार्षिक उत्सव मनाइरहेको छ । आफ्नो २५ औं बार्षिक उत्सव मनाउँदै गर्दा कैलाश खबरले सस्थाका अध्यक्ष विश्वराम त्वायनासंग गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरेका छौंः सम्पादक

यहाँलाई स्वागत छ ?
धन्यवाद ! यस्तो विषम परिस्थितिमा सहकारी क्षेत्रका राम्रा र नराम्रा कुरालाई आम मानिसकहाँ पु¥याउने अवसर दिनु भएकोमा यहाँलाई धन्यवाद । बजारमा आइरहेका हल्लाले सहकारीको साँख नै गिरेका बेला हाम्रो सहकारीले बचत कर्ताको विश्वास जितेको छ । यहाँको कार्यक्रममार्फत मेरो संस्थाको गतिविधि र कुरा राख्न दिनु भएकोमा संस्थाको तर्फबाट पनि विशेष धन्यवाद ।

अहिले आर्थिक वर्षको अन्त्यतिर  क्लोजिङ चलिरहेको छ, श्री बाहारी बचत तथा ऋण सहकारी संस्था लि. को अवस्था के छ ?
हामीले बार्षिक साधारण सभा गर्दैछौं । विभिन्न संस्थाहरुको जस्तै हाम्रो पनि क्लोजिङको कार्य चलिरहेको छ । अहिले हामी पच्चिसौं वार्षिक उत्सवमा जुटिरहेका छौं ।

यस्तो विषम परिस्थितिमा पनि यस्तो उर्जा कसरी आयो ?
हो, अहिले बजारमा सहकारीका बारेमा धेरै नराम्रा हल्लाहरु आइरहेका छन् । नराम्रा हल्लाकैबीच हामीले संस्थाका कामहरु अगाडी बढाइरहेका छौं । तर बजारमा चलेको हल्लाले हाम्रो सहकारीलाई छुँदैन । सबै सहकारी संस्थाहरु नराम्रा छैनन् । केही संस्थाका संचालकहरुको ग्रैर जिम्मेवारी कार्यले गर्दा  बजारमा भ्रम छ ।

राम्रा सहकारी संस्थाहरुलाई नराम्रो हल्लामा गाँझ्न मिल्दैन । यस्तो अवस्थामा हामीले हाम्रो संस्थाको पहिचान बचाउन सकेका छौं । हाम्रा बचतकर्ताबीच के गर्ने भन्नेबारे हामीले सञ्चालक समितिमा व्यापक छलफल गरेर अघि बढ्छौं । त्यसैले यो २५औं वर्ष गाठको अवसर पारेर हामीले विभिन्न कार्यक्रमहरु प्नि घोषणा गरेका छौं । अस्ती असार ३० गते सूर्यविनायक चोकमा सस्थाले खुल्ला रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न ग¥यौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

कस्तो रर्‍यो कार्यक्रम ?
हामीले आशा गरेको भन्दा पनि राम्रो सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भयो । यही श्रावण ३ गते पनि हामीले संस्थाको प्राङ्गणबाट सुकुन्दा ¥याली आयोजना गरेका छौं । ¥यालीमा सहभागिताका लागि सम्पूर्ण सदस्य, शुभचिन्त, मिडियाकर्मीलगायत सरोकारवालालाई निमन्त्रणा गरिसेका छौं । साथै श्रावण ४ गते नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ को प्रमुख आतिथ्यतामा संस्थाका जेष्ठ सदस्य र संस्थापक सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं ।

समुदायमा आधारित हाम्रो सहकारी संस्था भएकाले हामीले संस्थामा बचत लिने र ऋण दिने मात्रै होइन्, समाजिक उत्तरदायित्व भएकाले समाजमा केहि योगदान दिनुपर्छ भन्ने उद्देश्यका साथ समाजका जेष्ठ सदस्यहरुलाई सम्मान गर्न लागेका छौं । रजत वर्षको अवसरमा यसरी सम्मान गर्न पाउँदा सस्थाको पनि सम्मान बढ्ने हामीले सोचेका छौं ।

सरकार, सहकारी विभागलले जारी गरेका नीति, ऐन, नियमहरु उल्लङ्घन गरेर सहकारी संस्थाहरु चलिरहेका बेला यो हावाले तपाईको संस्थालाई छोएन ?
हाम्रो संस्था ऐन, नियमको परिधिमा रहेर चलेको सहकारी सस्था हो । नियमक निकायले जारी गरेको नीति, नियम तथा निर्देशनहरु हामी पूर्ण पालना गर्दछौं । केही समय अघि मात्रै हाम्रो संस्थालाई बानेश्वरस्थित सहकारी विभागले निरीक्षण ग¥यो । सम्पूर्ण कागजात चेक जाँच ग¥यो । हाम्रो सहकारीको सबै फाइल अध्ययनपश्चात विभागले प्रसंशा पनि ग¥यो । राम्रो छ, यसरी नै संस्थालाई सञ्चालन गर्नुपर्छ भनेर सुझाव सल्लाह दिनु भयो ।

त्यो सुझावलाई ग्रहण गर्दै हामीले भन्यौं, ‘नियमककारी निकायले सधै यसरी नै अनुगमन गर्नु प¥यो । नियमित अनुगमन भए सहकारी पनि सहि बाटोमा हिड्न बाध्य हुने छन् भनेर अनुरोध ग¥यौं ।’ सहकारी क्षेत्रमात्रै नभर सम्पूर्ण क्षेत्रहरुको नियमित अनुमगन हुन जरुरी ठानेका छौं । सहकारी तथा वित्तिय क्षेत्र चुस्त दुरुस्त भयो भने मात्र अगाडी बढ्न सक्छ । जसले जे पायो त्यही गर्न थाले वित्तिय क्षेत्र धरासायी बन्छ र नकारात्मक असर पर्न जान्छ । संविधानले नै सहकारी क्षेत्रलाई तीन खम्बे अर्थतन्त्रका रुपमा चित्रण गरेको छ । सहकारीलाई तेस्रो खम्बा मानेर मात्रै हुँदैन, यसको कार्यान्वयन पनि राम्रोसंग गर्नु पर्दछ ।

गुणस्तरीय वित्तिय सेवा प्रवाह गर्न प्रतिस्पर्धा हुनुपर्नेमा सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गर्ने, मनोमानी ढंगले लगानी गर्नेमा पो प्रतिस्पर्धा चल्यो । यसको कारण के होला ?
हजुरले भने जस्तै राम्रो कुरामा पो प्रतिस्पर्धा चल्नु पर्ने हो । बचतकर्ताको रकमलाई कसरी सुरक्षित तवरले लगानी गर्ने, कसरी सुरक्षित राख्ने ? भनेर प्रत्याभूत दिनुपर्ने, नियम कार्यान्वयन गर्नुपर्ने हो तर केही सञ्चालकले मनोमानी गरिदिदा सहकारीको बदनाम हुने अवस्था आयो । हुनत गलत गर्नेहरु कारबाहीको भागेदारी पनि भएका छन् । आजभोलि स्थानीय भन्दा पनि बाहिर जिल्लाका सञ्चालक बस्ने भएर यस्तो भएको हो ।

कार्यालयमा स्थानीय व्यक्ति कर्मचारी लिएर संस्था सञ्चालन गर्ने, अफिस सञ्चालन गर्ने, सहकारी सञ्चालन गर्ने परिपाटी चलिरहेको छ । यसलाई रोक्न जरुरी छ । यसरी संस्था सञ्चालन गर्दा स्थानीय कर्मचारीको नाताले आफ्नो छर–छिमेक, चिनेको नातागोता सबैको बचत सङ्कलन गर्ने र सङ्कलन गरेको रकम सञ्चालक समिति पनि जनु स्थानीय भन्दा बाहिरका हुनुहुन्छ । उहाँहरुले आफुखुसी प्रयोग गरिदिने । त्यो व्यवस्थापनले हेर्न पर्ने हो, हेर्न सकेन । सहकारी सञ्चालकले मनपरि बचत रकमलाई नचाइदिएको भए यस्तो अवस्था आउँने नै थिएन । सञ्चालक समितिमा गलत नियतले बस्ने केहि पदाधिकारीले गर्दा सबै सहकारी संस्थाहरु यसको शिकार भएजस्तो भएको हो ।

अस्वस्थ प्रतिस्पर्धाले कतिपय सहकारी चलाउन नै गाह्रो छ भनिरहेका बेला तपाईं उत्साहित भएर सञ्चालन गर्न सकिन्छ भनिरहनु भएको छ । बचतकर्ताले तपाईंहरुलाई पनि त आरोप लाउछन् होला नि ?
संस्थाहरु सबै एउटै हुन् भन्नेहरु पनि छन् । तर हामीले सचेत भएर बचतकर्तालाई छलफलमा सहभागि गराएर के गर्ने भन्नेमा छलफल गर्छौं । उनीहरुको राय सल्लाह बमोजिम चल्छौं । हामी समुदायमा आधारित सहकारी संस्थामा छौं । समुदायमा नै काम गछौं । सदस्यहरुसंगै बचत संकलन गर्ने र सदस्यहरुलाई नै लगानी गर्ने गर्छौं । सदस्यहरुबाट सङ्कलित रकम सदस्यहरुलाई नै ऋण प्रवाह गर्छौं ।

हामी गैर सदस्यबाट बचत संकलन पनि गर्दैनौं, ऋण पनि प्रवाह गर्दैनौं । सदस्यको विश्वासिलो भएकाले श्री बाराही बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्न समस्या पनि आएन । समय–समयमा अन्तरक्रिया गर्छौं । स्वास्थ्य शिविर, ऋणीको अवस्था, संस्था सञ्चालनलगायत विविध गतिविधि पनि गर्ने भएकाले हामीमा बजारको जस्तो समस्या छैन् र समस्या आउन पनि दिदैनौं ।

सहकारी संस्थामा भ्रम त छ नि । यो भ्रमलाई कसरी चिर्नु हुन्छ ?
भ्रमहरु चिर्न हाम्रो संस्थाले स्थापनाकालदेखि नै सहकारी सम्बन्धि विभिन्न कार्यहरु सञ्चालन गर्दै आएको छ । कस्ता सहकारी संस्थामा आफुले जिन्दगीभर कमाएको बचत जम्मा गर्ने भनेर प्रचार सामाग्रीहरु पनि तयार गर्ने, सदस्यहरुलाई शिक्षा शिविर राख्ने, सदस्यसंग नियमित भेटघाट लगायतका कार्य गर्दै आएका छौं ।

संस्थाको साधारण सभा बेलैमा गर्छौं । साधारणसभामा समपूर्ण सदस्यलाई अनिवार्य उपस्थित गराउँछौं । संस्थाको प्रतिवेदन दिन्छौं । प्रतिवेदन हरेर हामीले गरेका राम्रा र नराम्रा कार्यको व्यापक छलफल हुन्छ । गल्ती कमीकमजोरी भए सच्याउछौं ।

श्री बाराही बचत तथा ऋण सहकारी संस्थामा सदस्यले गरेको बचत सुरक्षित रहन्छ भन्ने आधार के ?
सदस्यहरुसंगै हामीले बचत सङ्कलन गर्छौं । सदस्यहरुसंगै हामीले आर्थिक कारोबार अगाडी बढाउछौं । गैर सदस्यहरुसंग हामी केही कारोबार गर्दैनौं । सदस्यमा आधारित भएको नाताले हामीले सदस्यहरुलाई व्यवसाय सञ्चालन गर्न विना धितो र धितोमा ऋण प्रवाह गर्ने गरेका छौं । यसरी ऋण प्रवाह गरि सकेपछि ऋण फाइलमा नै आवश्यक कागजपत्रहरु राखिदिएका हुन्छौं । ऋण प्रवाहका लागि हामीले संस्थागत मूल्याङ्कन कर्ता पनि राखेका छौं ।

सञ्चालक समिति तथा व्यवस्थापनले सम्बन्धित क्षेत्रमा गएर मूल्याङ्कन गर्न नसक्ने अवस्थामा संस्थागत मूल्याङ्कन कर्ताले काम गर्ने गर्दछन् । यसमा संस्थागत मूल्याङ्कन कर्ता, संस्थाको ऋण उपसमितिबाट एक जना, संस्थाको व्यवस्थापनबाट एक जना रहन्छ । सदस्यले ऋण माग गरी सकेपछि फिल्डमा गएर निरीक्षणबाट मूल्याङ्कन गरी ऋण उपसमितिको बैठकबसी धितो मूल्याङ्ककर्ता, ऋण उपसमिति, ब्यवस्थापनले मूल्याङ्क गरी ल्याएको फाइललाई सिफारिस गरी सञ्चालक समितिमा पठाउँछ ।

यसरी सञ्चालक समितिले अनुमोदन गरेपछि ऋण प्रवाह गर्ने गर्दछौं । सदस्यसंग बचत गराएको रकम सदस्यलाई नै केहि प्रतिशत लगानी गर्ने गरेका छौं । यस कारणले हामीले बचतकर्ताको रकम सुरक्षित रहेको पूर्ण प्रत्याभूति दिन्छौं ।

बचतकर्ता आर्कषित गर्ने सेवा सुविधाहरु के के छन् ?
हेरक संघ-संस्थाका आफ्नै किसिमका नियम हुने गर्दछन् । यस संस्थामा पनि बचतकर्ताले पालना गर्नु पर्ने नियमहरु छन् । संस्थाले आफ्नो नियम बाहिर गएर केहि काम गर्न मिल्दैन । कसैलाई काखा कसैलाई पाखा गर्ने भन्ने हुँदैन् । सबै सदस्यहरुलाई संस्थाले समानरुपमा हेर्ने गर्दछ । हाम्रो संस्थामा सदस्यहरुले कसरी बचत गर्ने भन्ने विभिन्न योजनाहरु रहेका छन् । यसमा ३ महिना, ६ महिना र १ वर्षको भाका छ । प्रत्येक ३ महिना, ६ महिना र १ वर्ष गरी बजारको परिस्थिति हेरी ब्याजदरमा पनि मूल्याङ्कन गर्छौं ।

मुद्दती राख्यो भने मुद्दतीको ब्याज प्रतिशत पनि तोकिएको हुन्छ । सेवा सुविधा भन्नाले बचतकर्ता बचत मुद्दतीमा राख्नु भएको छ भने त्यही मुद्दती रसिदलाई धितो राखेर पनि ऋण प्रवाह गर्दछौं । यसमा सदस्यलाई १० प्रतिशत दिन्छौं भने ऋण लिएमा २ प्रतिशत थपेर ऋण प्रवाह गर्दछौं । कुनै सदस्यले बचत गरेको ९० प्रतिशतसम्म सदस्यको रसिदमा धितो राखेर ऋण लगानी गछौँ । यसरी सदस्यले चाहेजति ऋण लिन सक्छन् ।

अहिले सहकारी क्षेत्रको परिस्थिति नराम्रो भएको अवस्थाले गर्दा ३० लाखसम्म लगानी गर्ने गरेका छौं । त्यसमा पनि कुनै सदस्यले अति आवश्यक छ भनेको खण्डमा मात्रै अनुगमन गरेर गर्ने व्यवस्था गरेका छौ । नभए हामीले अहिले ऋण प्रवाह नै रोकिदिएका छौं । हामीले ३४ प्रतिशत तरलता कायम राखेर बचतकर्ताको रकम सुरक्षित राखेका छौं ।

२५ वर्षसम्म आइपुग्दा भोग्नु परेका समस्या र चुनौतीहरु के छन् ?
समस्या र चुनौतीहरु नहुने ठाउँ सायदै होलान् । समस्या र चुनौतीहरु आएमा सञ्चालक समितिसंग बारम्बार छलफल गरेर समाधान गर्छौं । छलफलबाट समाधानको बाटो समात्दै अगाडि बढ्छौं ।

यस संस्थामा सदस्य कसरी बन्न सकिन्छ, यसको कार्य क्षेत्र कहाँ हो ?
सदस्य बन्न गाह्रो छैन् । भक्तपुर जिल्ला नै हाम्रो कार्य क्षेत्र हो । भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमी नगरपालिका र चाँगुनारायण नगरपालिकाका नागरिक सदस्य बन्न सक्दछन् । मध्यपुर नगरपालिकामा वडा नं. ३ मात्रै अहिले हाम्रो कार्यक्षेत्र रहेको छ । यसलाई पनि हामी विस्तार गर्ने तयारीमा छौं ।

नागरिकताको फोटोकपी, पासपोर्ट साइजको फोटो तीन प्रति, सदस्यता दस्तुर रु. ५०, प्रवेश शुल्क रु. ५०, परिचय पत्र रु. १० शुल्क तिरेर सदस्य बन्न सकिन्छ । सदस्य बनेपछि नियमति १००, २००, ५०० र १००० जति बचत गर्न सक्नुहुन्छ । बार्षिक उत्सवको अवसर पारेर हामीले १ कित्तामा पनि सदस्यता वितरण गरिरहेका छौं । संस्थामा आउन सम्भव नभएको अवस्थामा हाम्रा संस्थाका पदाधिकारी, सदस्यहरु र कर्मचारीमार्फत पनि सदस्य बन्न सक्नुहुन्छ ।

अन्तमा, के सन्देश दिन चाहानु हुन्छ ?
संस्थाको २५औं वर्षगाँठको अवसरलाई रजत शुभारम्भको घोषणा गर्दछौं । यो वर्ष हामी रजत वर्षको रुपमा मनाउदैछौं । वर्षभरी नै विभिन्न कार्यक्रमहरुको घोषणा गर्ने छौं । सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्य अगाडि बढाएका छौं । साउन ३ गते संस्थाको प्राङ्गणबाट नै सुकुन्दा ¥यालीको आयोजना गरेका छौं । यस ¥याली सम्पूर्ण सदस्यहरु र हाम्रा शुभचिन्तकहरु सहभागि भएर कार्यक्रम सफल पारीदिन हुन विनम्र अनुरोध गर्दछु ।

सहकारी क्षेत्रमा देखिएको विषम परिस्थिति र आर्थिक मन्दीको समयमा हाम्रो संस्था श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. का बारेमा केही कुरा राख्न दिएको म कैलाश खबर परिवारप्रति कृतज्ञता व्यक्त गर्दछु । हाम्रो सहकारीको कुरा राख्न दिएकोमा बाराही बचत तथा ऋण सहकारी परिवारको तर्फबाट यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद

 

 


Thali Mobile Pvt.Ltd.