भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीको कहर: ६०० मेगावाट जलविद्युत प्रभावित, करोडौंको उत्पादन घाटा | सरकारले आठ जटिल रोगको उपचारमा थप एक लाख रुपैयाँ दिने निर्णय, कार्यान्वयनमा चुनौतीहरू के के? | एसईई उत्तीर्ण खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा बधाई तथा मार्गदर्शन | सुर्यविनायक नगर अस्पताललाई ५० शैयाको अस्पतालको रूपमा स्वीकृति | “लाली पाउडर लाया जसी ” सार्वजनिक, रोशन टमट्टा र संगीता बडुवालको आवाजमा नयाँ देउडा गीत | बुढानिलकण्ठ–६ मा निःशुल्क दन्त शिविर, १४४ जनाले पाए सेवा | चिकित्सक सङ्घको आन्दोलन स्थगित, अस्पताल सेवा पुनःसञ्चालन | ट्रम्प–नेतान्याहूबीच २४ घण्टामा दोश्रो वार्ता, गाजा युद्धविरामलाई प्राथमिकता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आलोचनाका डरले अपूर्ण प्रतिवेदन, ५ नं. प्रदेशको नाम लुम्बीनी

आलोचनाका डरले अपूर्ण प्रतिवेदन, ५ नं. प्रदेशको नाम लुम्बीनी image

बुटवल । म्याद थप्दा आलोचना हुने भएपछि प्रदेश ५ को नामाकरण र राजधानी निर्धारण गर्न सुझाव दिन गठित विशेष समितिले अपूर्ण प्रतिवेदन बुझाएको छ। अपूर्ण प्रतिवेदन सचिवालयमा दर्ता भएको समितिका सभापति दीपेन्द्रकुमार पुनले सोमबार प्रदेशसभा सचिवालयमा प्रतिवेदन बुझाएको बताए।

०७५ साउनमा गठन भएको समितिले म्याद सकिने दिन अपूर्ण प्रतिवेदन बुझाएको हो। प्रतिवेदन सचिवालयमा बुझाए पनि अन्य सदस्यलाई अत्तोपत्तो नभएको समिति सदस्य निर्मला क्षेत्रीले बताईन् । आफूलाई प्रतिवेदन बुझाएको विषयमा जानकारी नभएको भन्दै समितिको आइतबार बसेको बैठकमा प्रतिवेदनका विषयमा खास छलफल भएन उनको भनाई छ।

एकाध सदस्यले आफ्नो अनुकुल हुने गरी राजधानी र नाम तय भएको दावी गर्दै प्रदेशको नाम लुम्बिनी र प्रदेश राजधानी रुपन्देहीको सैनामैना, कपिलवस्तुको वाणगंगा र दाङको भालुवाङ क्षेत्र तोकेको बताएका छन्। अपूर्ण प्रतिवेदनलाई हिउँदे अधिवेशन शुरु हुँदासम्म पूर्णता दिने समितिले जनाएको छ। भारत भ्रमणबाट फर्किएपछि पहिलो बैठकले प्रतिवेदन बुझाउने अधिकार सभापतिलाई दिएको थियो।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Jilla Swasthey Karyalaya


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.