एजेन्सी । अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। इरानले अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेपछि ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । इरानको मिसाइल आक्रमणबाट ठुलो क्षति नभएको भन्दै राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए ।
उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको दाबी गरेको छ । अमेरिकाले सुलेमानीको हत्या गरेपछि बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो । केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।
सुलेमानीको मृत्यलगत्तै दुई देशबीच थप तनाव बढिरहेको छ । यता अमेरिकाले गरेको आक्रमणप्रति चीनले कडा विमति जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका छन्।
चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्षमा रहेको भन्दै चीनले भनेको छ, ‘न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्छ। त्यो नै समाधानतर्फको प्रस्थानबिन्दु हुनेछु ।’ प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति सुरक्षा खलबलिन नदिन उचित कदम चाल्ने बताएका छन् ।
सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...