भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

इरानमाथि अमेरिकी कदमकाे चीनले दियो कडा चेतावनी

इरानमाथि अमेरिकी कदमकाे चीनले दियो कडा चेतावनी

एजेन्सी । अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। इरानले अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेपछि ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । इरानको मिसाइल आक्रमणबाट ठुलो क्षति नभएको भन्दै राष्ट्रपति ट्रम्पले आफुहरुसँग अत्याधुनिक हतियार भए पनि त्यसलाई अहिले प्रयोग गर्न नचाहेको बताए ।

उनले आफ्ना सैनिकहरु सुरक्षित रहेको दाबी गरेको छ । अमेरिकाले सुलेमानीको हत्या गरेपछि बुधबार इरानले इराकका इरबिल र अल असद सैनिक आधार शिविरहरूमा मिसाइल आक्रमण गरेको थियो । केही दिनअघि मात्र इरानका सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी सेनाको ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।

सुलेमानीको मृत्यलगत्तै दुई देशबीच थप तनाव बढिरहेको छ । यता अमेरिकाले गरेको आक्रमणप्रति चीनले कडा विमति जनाएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त कदम अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यताविपरित भएको बताएका छन्।

चीन जहिल्यै हिंसात्मक कारबाहीको विपक्षमा रहेको भन्दै चीनले भनेको छ, ‘न्यूक्लियर मामिलामा सबै पक्ष निष्पक्ष र इमान्दार छलफलका लागि तयार हुनुपर्छ। त्यो नै समाधानतर्फको प्रस्थानबिन्दु हुनेछु ।’ प्रवक्ता जेङ सुआङले सोमबार एक वक्तव्य प्रकाशित गरी चीनले आफ्नो निष्पक्ष अडान कायम राख्दै मध्यपूर्वको शान्ति सुरक्षा खलबलिन नदिन उचित कदम चाल्ने बताएका छन् ।

सुआङले, स्पष्ट शब्दमा, अमेरिकाले हिंसात्मक कदम उठाएर अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत मान्यता उल्लंघन गरेको बताएका छन्।

 


Thali Mobile Pvt.Ltd.