भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

काठमाण्डौ । तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । बैशाख १० गने हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले रोक लगाएको हो । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्ने उल्लेख गरिएको छ । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ ।

तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ । बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।उपनिर्वाचनका लागि आइतबार तनहुँ १ मा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन नपाइने

 


Thali Mobile Pvt.Ltd.