नाटककार जीतबहादुर देउजा सम्मानित

नाटककार जीतबहादुर देउजा सम्मानित

भक्तपुर । वरिष्ठ नाट्यकार र एवं पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले उनलाई शनिबार एक कार्यक्रमवीच बधाई तथा सम्मान गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभूषित हुन सफल भएकोमा जिल्लाबासीकोतर्फबाट उनलाई बधाई तथा सम्मान गरेको हो । स्वतन्त्र पत्रकार संघका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी र जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजूले संयुक्त रुपमा विभूषित विस्फोटलाई खादा ओढाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो ।

विभूषित विस्फोट भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुबासी हुन् ।जिल्लाकोतर्फबाट विभूषित हुन सफल भएकोमा उनलाई बधाई तथा सम्मान गरेको हो । नाटक क्षेत्रमा चार दशक विताएका विस्फोटलाई नाटक क्षेत्रमा गरेको योगदानको कदरस्वरुप विभूषित गरेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व विस्फोटले राज्यको सर्वाेच्च निकायबाट पाएको यो सम्मान आफनो मात्रै नभई सम्पूर्ण जिल्लाबासीको रहेको बताए । आफूले सम्मान पाउनुमा जिल्लाबासीको पनि प्रत्यक्ष अप्रत्यक्ष हात रहेको चर्चा गर्दै यही कारण आफनो सम्मानमा सम्पूर्ण जिल्लाबासीको गर्वको विषय भएको उनले बताए । उनले राष्टपतिबाट हुने सम्मान दलगत नभई योगदानको आधारमा स्वच्छ रुपमा हुनुपर्नेमा विशेष जोड दिए ।

आफनो व्यक्तित्वबारे चर्चा गर्दै उनी नेपालमा जन्मेको र बुबा भारतीय सेनामा कार्यरत रहँंदा आफू भारतको नयाँं दिल्लीमा हुर्के बताए जनाए । भारतमा हुर्केबढेकाले आफूलाई नेपाल बोल्न नआउने र यही कारण जिल्ला प्रशाशन कार्यालय भक्तपुरले आफूलाई नागरिकता लिन जाँंदा पक्राउ गरी नजरवन्दमा राखेको स्मरण गरे ।

घटनापछि सारा आफनो गाउँं गुण्डुका जनप्रतिनिधि तथा गाउँंले आई प्रमाणित गरेपछि आफूले नागरिकता पाएको उनले सम्झे । यही घटनाबाट आफूले नेपाली भाषाको स्वअध्यक्ष गर्न सुरु गरेको र यही क्रममा पत्रकार तथा नाटककार भएको खुलाशा उनले गरे । कुनैकुनै घटनाले मानिसको जीवनलाई अर्काेतिर मोडदो रहेछ, उनले भने ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार डा इन्दुल केसीले स्वतन्त्र पत्रकारितामा जोड दिए । उनले व्यक्तिले जुनसुकै विचार राख्न पाउने तर त्यो पत्रकारितामा समाचार लेख्न पोख्न नपाउने बताए ।

संघका केन्द्रिय पार्षद् स्वतन्त्र पत्रकार कृष्ण किसीले पत्रकारिताको स्वच्छतामा जोड दिए । पत्रकारिता पेशा सम्मानित पेशा भएको भन्दै उनले पत्रकारिता स्वच्छ हुनुपर्ने बताए । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरका सचिव प्रेम प्रजापति, सदस्य रामकृष्ण प्रजापतिलगायतले पत्रकारिताको महत्वबारे चर्चा गरे ।

कार्यक्रममा हालै निर्वाचित स्वतन्त्र पत्रकार संघ भक्तपुरका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा पहिलाको कार्यकालमा पदाधिकारी रहेर योगदान गर्नेहरुलाई कृतज्ञता प्रमाणपत्र प्रदान गरिएको थियो । साथै सल्लाहकारहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.