भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

उपनिर्वाचन पर्यवेक्षण गर्न ६ संस्थालाई अनुमति

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई निर्वाचन आयोगले अनुमति प्रदान गरेको छ । निर्देशिकाको दफा १० को उपदफा १० बमोजिम निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा २० बमोजिम जाँचबुझ गर्दा ६ वटा संस्थाहरुले आवश्यक प्रक्रिया पूरा गरेकाले पर्यवेक्षण गर्न अनुमति दिएको निर्वाचन आयोगले जनाएको छ ।

संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने आयोगले उल्लेख गरेको छ । आगामी वैशाख १० गते आइतबार बारा–२, तनहुँ–१ र चितवन–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.