भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष

दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदीको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो ।

एनआरएनए साउदीको साधारण सदस्य, कार्यसमिति सदस्य, उपाध्यक्ष लगायत पदमा रहेर आफ्नो सफलतापूर्वक जिम्मेवारी पुरा गरेकी अर्याल निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गाबहादुर काउचा निर्विरोध निर्वाचित भएका छन् ।

युवा संयोजकमा विष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर विजयी भएका छन् । समिति सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दीपक ढुङ्गाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.