भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने अमेरिकी दवाव

एमसीसी छिटो अनुमोदन गर्नुपर्ने अमेरिकी दवाव

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाली सम्पदा अवलोकनको निम्ति पाटन दरबार क्षेत्र पुगेका छन् ।

मन्त्री लुले केही बेरअघि मंगलबजारस्थित पाटन संग्रहालय अवलोकन गरेका छन् । उनीसँगै अमेरिकी राजदूत रेण्डी बेरी पनि सहभागि छन् ।

राजनीतिक भेटघाटलाई तीब्रता दिएका लुले आज दिउँसो विभिन्न मन्त्रालयका मन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वसँग सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेका लुले छिटो भन्दा छिटो एमसीसी अनुमोदन गर्नुपर्ने दवाव दिएको स्रोतको दावी छ ।

औपचारिक रुपमा दुई देशबीचको सम्बन्ध र आपसी सहायता अभिवृद्धिबारे नेपालले एमसीसी सम्झौता कार्यान्वयनमा ल्याउनु पर्ने दवाव दिएको एक मन्त्रीले बताए ।

 


Thali Mobile Pvt.Ltd.