भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित

दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित

काठमाडौं, ३१ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बडादसैँलाई लक्षित गरी सञ्चालन गर्दै आएको बजार अनुगमन अष्टमीसम्म जारी राख्ने भएको छ । महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने बजार अनुगमन पूर्ण रूपमा स्थगित गरिने विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार दसैँको बिदा सुरु भएसँगै बजार अनुगमनमा खटिने टोलीको सङ्ख्या घटाइएको छ । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक १० वटा टोली परिचालन हुँदै आएका थिए ।

तर, फूलपाती र अष्टमीका दिन आलोपालो गरी दैनिक दुईवटा टोलीले मात्रै बजार अनुगमन गर्नेछन् ।“कर्मचारीहरू बिदामा घर जाने भएकाले फूलपाती र अष्टमीमा दुई–दुईवटा टोली मात्रै परिचालन हुन्छन्”, सूचना अधिकारी किराँतीले भने, “महानवमीदेखि टीकाको भोलिपल्टसम्म भने अनुगमन टोली खटिने छैन ।”

दसैँको बिदा सकिएपछि विभागले बजार अनुगमनलाई पुनः नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.