भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट

सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट

काठमाडौं, ३१ असोज । सिरियामा तेल तथा ग्यास पाइपलाइन प्रणालीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनापछि आगलागी र इन्धन चुहावट भएको छ । उत्तरपूर्वी हसाकाह प्रान्तमा ग्यास पाइपलाइन विस्फोट भएको छ भने मध्य प्रान्त होम्समा पाइपलाइनमा क्षति पुर्‍याइएपछि ठूलो परिमाणमा ग्यासोलिन चुहिएको छ ।

सिरियाली सरकारी समाचार संस्था सानाका अनुसार हसाकाहको अल–शद्दादी सहरबाट करिब ६० किलोमिटर टाढा अल–अरबिदी क्षेत्रमा रहेको अल–जबसा ग्यास निर्यात पाइपलाइनमा शक्तिशाली विस्फोट भएको हो ।

विस्फोटपछि पाइपलाइनको केही भागमा आगलागी भएको सिरियन पेट्रोलियम कम्पनीले जनाएको छ । घटनाबाट भएको क्षति तथा सम्भावित अन्य असरबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

यसैबीच, सिरियाको तटीय सहर बानियासलाई होम्ससँग जोड्ने पेट्रोलियम पाइपलाइनमा पनि क्षति पुगेको छ । पश्चिमी होम्सको हदिदा क्षेत्रनजिक पाइपलाइनमा प्वाल पारिएपछि ठूलो परिमाणमा ग्यासोलिन सडक तथा आसपासका क्षेत्रमा फैलिएको थियो ।

इन्धन चुहावटका कारण आगलागी र मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले होम्स–टार्टस राजमार्ग दुवैतर्फबाट बन्द गरेका छन् ।

पाइपलाइनमा भएका दुवै घटनाले सिरियाको तेल तथा ग्यास आपूर्ति प्रणालीमा सुरक्षा चुनौती थपिएको छ । घटनाको विस्तृत विवरण र क्षतिको अवस्थाबारे थप जानकारी आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.