भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो

मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो

काठमाडौँ, ३१ असाेज । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा एक लाख ८७ हजार ६८६ जना नयाँ मतदाता थपिएका छन् । आयोगले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार मृत्यु भएका तथा अन्य कारणले अयोग्य भएका व्यक्तिको नामसमेत नामावलीबाट हटाइएको छ ।

आयोगका अनुसार गत चैत २२ गतेदेखि भदौ १५ गतेसम्मको अद्यावधिक विवरणमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम भएका छन् । यसअघि प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । त्यसपछि अद्यावधिक प्रक्रियामार्फत नयाँ मतदाता थपिएका हुन् ।

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाको नाम हटाएको जनाएको छ । त्यस्तै, दोहोरो नाम भएका, नागरिकता त्यागेका वा रद्द भएका लगायतका कारणले थप एक लाख १२ हजार ९४२ जनाको नाम हटाइएको छ । यसरी विभिन्न कारणले कुल एक लाख ५८ हजार २६४ जनाको नाम मतदाता नामावलीबाट हटाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रक्रियाले योग्य मतदाताको विवरण व्यवस्थित राख्न र दोहोरो वा अयोग्य नाम हटाउन सहयोग पुग्ने आयोगको कामको उद्देश्य हो ।

 


Thali Mobile Pvt.Ltd.