भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा

नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौँ, ३१ असाेज । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि १३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार दरखास्त स्वीकृत भएका १३ जना उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता आगामी कात्तिक १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त प्रक्रियापछि प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्येबाट नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ ।

 


Thali Mobile Pvt.Ltd.