भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी । यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपति भवनलाई लक्षित गरी हुथी विद्रोहीले गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । घटनामा अन्य १६ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार हुथी विद्रोहीले एडेनमा रहेको अल–माशिक प्यालेसमाथि पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । आक्रमणमा सुरक्षाकर्मी र गैरसैनिक कर्मचारीको मृत्यु भएको यमनका स्वास्थ्यमन्त्री कासिम बुहाइबेले बताउनुभएको छ ।

यमनका सूचना मन्त्री मोअम्मर अल–एरियानीलाई उद्धृत गर्दै सार्वजनिक समाचारअनुसार आक्रमणका बेला प्रधानमन्त्री र मन्त्रीहरू सुरक्षित रहेका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको मुख्यालय एडेनस्थित यही राष्ट्रपति भवनमा रहेको छ । साउदी अरब नेतृत्वको गठबन्धनले यमन सरकारलाई समर्थन गर्दै आएको छ भने इरान समर्थित हुथी विद्रोहीविरुद्ध सरकार समर्थक सेनालाई हवाई सहयोग प्रदान गर्दै आएको छ ।

यमन सन् २०१४ देखि गृहयुद्धको चपेटामा छ । त्यस वर्ष हुथी विद्रोहीले राजधानी सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई हटाएपछि द्वन्द्व चर्किएको थियो । सन् २०१५ मा साउदी अरब नेतृत्वको गठबन्धनले सरकार पुनःस्थापना गर्न सैन्य हस्तक्षेप गरेपछि युद्ध थप जटिल बनेको थियो ।

समाचारअनुसार हुथी विद्रोहीले साउदी अरबविरुद्ध समुद्री प्रतिबन्ध घोषणा गरेपछि र लाल सागर क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेपछि यसअघि कायम अनौपचारिक युद्धविराम कमजोर बन्दै गएको छ ।

आफ्नो क्षेत्रमा लगाइएको नाकाबन्दी र विमानस्थलमा भएका हवाई आक्रमणको जवाफस्वरूप साउदी अरबमाथि आक्रमण गरिरहेको हुथीको दाबी छ । पछिल्लो आक्रमणले यमनमा जारी द्वन्द्व र क्षेत्रीय तनाव थप बढ्न सक्ने चिन्ता बढाएको छ ।

 


Thali Mobile Pvt.Ltd.