भर्खरै : Sorry, your browser does not support inline SVG.
नदीमा सिधै फोहोर पानी नफाल्न उद्योगहरूलाई विभागको कडा निर्देशन | जलवायु परिवर्तनसँग जुध्न नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन | आज र भोलि बाढीपहिरोको जोखिम, यी राजमार्गमा सतर्क रहन आग्रह | भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार |

एमसीसी परियोजनाको उद्घाट्न गर्न उपाध्यक्ष क्यामरन नेपाल आउँदै

एमसीसी परियोजनाको उद्घाट्न गर्न उपाध्यक्ष क्यामरन नेपाल आउँदै

काठमाडौं । एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड मंगलबार नेपाल आउने भएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी नेपालमा आयोजनाको औपचारिक शुरुवातका लागि उनी नेपाल आउने भएका हुन ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेट्ने उनको कार्यक्रम रहेको छ । बुधबार उद्घाटन गरेपछि एमसीसी कार्यान्वयनमा जाने छ । एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिरट विद्युत प्रसारण लाइन र १२ मिटर चौडा ७७ किलोमिटरको स्तरोन्नती गर्ने योजना रहेको छ । अमेरिकाले उक्त परियोजनाका लागि ५० करोड डलर सहयोग दिने छ भने नेपालले १३ करोड डलरको योगदान गर्नुपर्ने छ ।

औपचारिक शुरुवात भएको पाँच वर्षभित्र उक्त कार्य पूरा गर्ने लक्ष्य राखिएको छ । उक्त अवधिमा काम पूरा नभए त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनु पर्नेछ । करीब ७० करोड डलरको एमसीसी परियोजनाको बुधबार उद्घाट्न गर्ने कार्यक्रम तय भएको छ ।

तीन दिने नेपाल बसाईका क्रममा क्यामरले नेपालमा अमेरिकी सहयोगमा सञ्चालित अन्य परियोजना र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रहरुको पनि भ्रमण गर्ने बुझिएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.