भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

असोज १ गतेदेखि बञ्चरेडाँडा फोहोर लग्न नदिने स्थानीयको घोषणा

असोज १ गतेदेखि बञ्चरेडाँडा फोहोर लग्न नदिने स्थानीयको घोषणा

काठमाण्डौ । सम्झौता कार्यान्वयन नगरेको बञ्चरेडाँडाका स्थानीय बासिन्दासिन्दाले आन्दोलनको घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाण्डौ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयबासिन्दाले आन्दोलनको घोषणा गरेको हुन ।

समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाइ व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन त्यही पालिकामा हुनुपर्नेमा स्थानीयले जनोड दिएका छन् । प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शीघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहतमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले फोहरमैला व्यवस्थापनको दीर्घकालीन योजना नअपनाएमा आउँदो असोज १ गतेदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाण्डौ उपत्यकाको फोहरमैला लैजान बन्द गर्ने चेतावनी समेत दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.