काठमाडौँ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले ओली समूहले गरेको जनसभालाई ‘पञ्चे भेला’ भनेका छन ।
सामान्तहरुले आयोजना गर्ने पञ्चर्यालीमा देशभरीबाट लाखौं मान्छे जुट्नु गलत भएको बताए । लोकतन्त्रको पक्षमा साँच्चै को छ र छैन भन्ने मुख्य भएको भन्दै मान्छेका टाउका कति छन् भनेर गन्ने होइन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनका विरुद्ध सडकमा उत्रिएको बताएका छन् । उनले नेकपाभित्र देखिएको अहिलेको स्थिति पद र व्यक्तिको लडाइँ नभइ प्रतिगमनविरुद्धको लडाइँ भएको बताए ।
