३ असार २०७७ काठमाडाैं । नेपालमा घटेका विभिन्न किसिमका घटना घट्नु दुखद भएको नेकपाका साउथ एशिया इन्चार्ज तथा केन्द्रीय सदस्य तिल विश्वकर्माले बताएका छन् । राजनैतिक आवरण भित्र कमजोर मानसिक्ताको पराकाष्टा भएको भन्दै उनले सबै राजनैतिक दलभित्रका जनैधारी काम गर्ने र सिद्धान्त कम्युनिष्टको बोक्ने नक्कलीहरुका कारण यस्तो भएको बताए ।
रुकुम सोतीको नरसंहार हत्याकाण्ड यहि कार्यभित्रको घटना भएको दावी गरे । अहिले कोरोना कहर चलिरहेका बेला विश्वमानव समुदाय दुःखमा परिरहेका बेला नेपालमा यस्ता घटना घटाउने दलभित्रका कायरहरुले गरिरहेको उनको भनाइ छ ।
कैलालीकाे लम्किचुहामा क्वारेन्टिनमा एक महिलाइ सामुहिक बलात्कार गरियाे यस्ताे दुःदायि घटनाका अपराधिलाइ कानून सच्चाएर फाँसीकाे सजाय हुनुपर्ने बताए । दलका खोल ओढेर यस्ता जनैधारी गतिविधि गर्ने अपराधिलाई हदैसम्मको कारवाही गरिनु पर्ने बताए ।
खाटी कम्यूनिष्ट हाैं भन्दै ठूला ठूला भाेलुम पढेकाहरू दलितले छाेएकाे खाँदैनाैं भन्नेहरू समाजमा धेरै रहेका छन् भन्दै उनले पशुवत घृणित कार्य गर्नेहरूलाइ खबरदारी गर्दै तिनीहरूकाे बदला लिन जरूरी रहेकाे बताए ।
हेर्नुहोस भिडियो…
सिद्धान्त हँसिया, हथौडा गर्ने र काम जनैधारीको गरेर उत्पीडित समुदायको निरन्तर प्रहार गरिरहेकाले अव उत्पीडित समुदाय लड्नुको विकल्प नरहेको उनको दावी छ । यस्ता किसिमका गतिविधिले कसैको मुक्ति नहुने भन्दै उनले यसो गर्ने जुनसुकैलाइ कानूनत कडा कारबाही गरिनु पर्ने बताए ।
विश्वकर्मा पछिल्लो समय दोहोरो समस्यामा नेपाली परेको भन्दै सम्मानित भएर बसेका नेपाली भारतीय पक्षबाट हेपिन पुगेको बताए । भारतमा दुइवटा नागरिकता बोकेका नेपाली रहेका छन् । पहिलो सुगौली संन्धि र दोस्रो सुगौली सन्धि पछिका नेपाली । सुगौली सन्धिमा जमिन भारततीर परेका र नागरिकता पछि भारतीय लिएका तर नेपालीहरु । नेपालले आफ्नो भूमि समेटेर नक्सा निकाले पछि भारतमा तनाव सृजना भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...