भर्खरै : Sorry, your browser does not support inline SVG.

सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार

सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार

भक्तपुर, १९ असाेज  । विजया दशमी २०८३ को अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिकाले अन्तरवडा स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।सूर्यविनायक नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष, नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक रबिन्द्र सापकोटाका अनुसार प्रतियोगिता असोज २५ गतेदेखि ३० गतेसम्म वडा नम्बर १० स्थित संकटा खेल मैदानको चाैरमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सूर्यविनायक नगरपालिकाका १० वटै वडाबाट एक–एक टोली गरी १० वटा टोली सहभागी हुनेछन् । प्रत्येक वडाले आफ्नो टोली सिफारिस गरी नगरपालिकाको खेलकुद विकास समितिमा पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

खेलकुद क्षेत्रको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रवक्ता सापकोटाले बताउनुभयो ।

प्रतियोगिताको विजेता टोलीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

वडा अध्यक्ष तथा प्रवक्ता सापकोटाले सूर्यविनायक नगरपालिकाका सम्पूर्ण खेलाडी तथा नगरवासीलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गर्नुभएको छ । उहाँले विजया दशमीको अवसरमा सम्पूर्ण नगरवा तथा नेपालीहरूमा शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.