काठमाडौं । नेवार समुदायको कला, धर्म, संस्कृति, भेषभुषा संसारभर चिनाउने र नेवारी पहिचान जीवन्त राख्ने उदेश्यका साथ मिस नेवाः नेपालको प्रतियोगिता नजिकिएको छ । मिस नेवाः नेपालको उपाधि हात पार्न यतिबेला नेवाः सुन्दरीहरु व्यस्त बनिरहेका छन् ।
मिस नेवाः प्रतियोगीता नजिकिएसंगै सुन्दरीहरु व्यस्त बनेका हुन् । नेप्लिज फेसन होमले आयोजना गर्ने प्रतियागिताका लागि मिस नेवाः नेपालका प्रतियोगीहरु विभिन्न तालिम, प्रशिक्षणमा व्यस्त छन् ।
यस बीचमा भएका गतिविधिः
विश्व शान्तिका लागि प्रार्थनाः– मिस नेवाः नेपाल ११४१ १५ औं संस्करणका प्रतियोगीले विश्व शान्तिका लागि प्रार्थना गरेका छन् । उपत्यका स्थित महांकाल र संकटा मन्दिरमा पूजाआजा गर्दै प्रतियोगीहरुले छिटै कोराेना हटेर विश्वमा शान्ति छावस भनेर कामना गरेका हुन । यहिक्रममा शुक्रबार महांकाल मन्दिरमा लाखबत्ती बालेका हुन् ।
मिस नेवाः नेपालको आयोजना गर्नुकाे मुख्य उदेश्य नेवार सुन्दरीहरुमा नेवारी कला, धर्म, संस्कृति, भाषाकाे ज्ञान गहनढंगले हाेस र विविध ज्ञान अभिवृद्धि गराउनु रहेकाे नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् । हरेक वर्ष प्रतियाेगिता गरिदै आएपनि याे वर्षको फागुन ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएकाे उनले जानकारी दिइन् ।
याे प्रतियाेगितामा १५ जना नेवार सुन्दरीहरू अन्तिम प्रतिस्पर्धामा भिड्दै छन् । डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि मिस नेवाः र बालिकाहरुका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ।
मौलिक संस्कार झल्किनेः
मिस नेवाः सौन्दर्य प्रतियोगिता मात्र नभएर नेवार समुदायको मौलिक संस्कार, परमपरा, रितिरिवाज, भाषा, कला संस्कृतिकाे सम्बर्द्वन र प्रवर्द्वन झल्काउने उद्देश्यकासाथ साँस्कृतिक सचेतना जगाउने अभियान हाे । नेप्लीज फेसन होमको ब्यानरमा आयोजना हुँदै आएको यो प्रतियोगितामा मूर्त रुपले अगाडि बढिरहेकाे छ ।
पन्ध्र प्रतिस्पर्धीहरु स्टेज प्रस्तुतिकरण, व्यक्तित्व विकास, आत्मविश्वास, नेपाल भाषाको सिकाई, नेवार समुदायको गौरवमय सास्कृतिक पक्षसित साक्षात्कार भइरहेका छन् । मौलिक संस्कार र सस्कृतिसंग साक्षात्कार भएका मिस नेवाः प्रतियाेगिले आफूलाई निखार्ने सौन्दर्य कलाकाे राम्राे ज्ञान प्राप्त गरेका छन् ।
प्रतिस्पर्धि थप आकर्षक बन्दै
मिस नेवाः ट्यालेण्ट सोका प्रतिस्प्रर्धिहरु आफुलाइ थप आकर्षक बनाउन व्यस्त छन् । यहीबीचमा उनीहरूले ग्लो ब्यूटि स्टुडियो काठमाडौँ मलमा सुन्दरतामा निखारपन दिएका छन् । एन.एफ.एच. इभेण्टको सहकार्यमा ग्लो ब्यूटि स्टुडियोले उक्त कार्यक्रमको आयोजना गरेको थियाे ।
प्रतियाेगिहरूलाइ श्रृङगार अन्तर्गत क्लिजिङ, हेयरवास, थ्रेडिङ, फेसवास लगायतका सेवा प्राप्त गरेकाे ग्लो ब्यूटि स्टुडियोका म्यानेजिङ डाइरेक्टर दीपासा बिसि बताइन् । साे अवसरमा प्रतिस्प्रर्धिहरुलाई ब्यूटि टिप्सकाे क्लास पनि दिइएकाे नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष तथा नेपाल ब्रान्चचिफ अशाेक कुमार श्रेष्ठले बताए ।
