झापा । चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दागोभी काँकडभिट्टा नाका हुँदै भारत निर्यात भएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दागोभी भारत निर्यात गरिएको हो ।
साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले बताए ।
नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उनले बताए । चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको छ ।
सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ। नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलैँची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको...
काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...