८ असार २०७७ काठमाडौं । सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको १ नम्बर पिलर पुगेको छ । सीमा सुरक्षामा खटिएको छाङरु बोर्डर आउट पोस्ट (बीओपी) को टोली गस्तीकै क्रममा त्यहाँ पुगेको हो । यसअघि सशस्त्र प्रहरी बलको टोली त्यहाँ पुगेको थिएन ।
केहीदिन पहिले सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र प्रधानसेनापति पूर्णचन्द्र थापा छाङरु भ्रमणमा निस्किएका थिए । भ्रमण लगतै सशस्त्र प्रहरी बलको टोलीले कालापानीको १ नम्बर पिलर पुगेको हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको आधिकारिक नक्सा जारी गरेपछि कालापानी क्षेत्रमा उच्च सुरक्षा सतर्कता बढाइएको छ ।
नेपाल सरकारले गत बैशाख ३१ गते दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरे देखि नै सीमा क्षेत्रमा गस्तीलाई निरन्तरता दिएको छ।

