भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

क्याम्पस प्रमुखसहित फरार सूचीमा

क्याम्पस प्रमुखसहित फरार सूचीमा

काभ्रे । बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जनाविरुद्ध साताअघि ठगी मुद्धा दायर गरिएको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्धा दर्ता गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, ब्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ । “पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ”, इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भन्नुभयो । उहाँका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पूर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पूर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो ।

उहाँले भन्नुभयो “आरोपितहरु पक्राउ पूर्जी जारीलगत्तै काठमाडौँमा लुकेको आशंका छ, हामी उनीहरुलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौँ ।” आरोपित सबै बनेपा निबासी हुुनुहुन्छ ।” क्याम्पसले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएकाले भविष्यमाथि खेलवाड गरेको जनाउँदै अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन ९अनेरास्ववियू०ले क्याप्पस प्रमुखको राजिनामा मुख्य शर्तसहित विद्यार्थीको शुल्क फिर्ता तथा थप तिपूर्तिसहितको माग राख्दै गत माघ २६ गतेदेखि प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको थियो ।

प्रहरी अनुसन्धानका लागि सात महिनापछि बिहीबार तालाबन्दी खोलिएको अनेरास्ववियूका केन्द्रीय सदस्य शालिकराम पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अंग्रेजी अध्यापन गराएका कारण स्नातक तहमा विद्यार्थीले कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने भएपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

“राष्ट्रिय परीक्षा बोर्डले स्नातक तहमा कम्यूटर इन्जिनियरिङ अध्ययन गर्न नमिल्ने र करिकुलम नमिलेका कारण कक्षा ११ का विद्यार्थीलाई परीक्षामा सामेल गराउन नसकिने जानकारी दिएपछि कलेजको ठगीधन्दा खुलेको हो”, पराजुलीले भन्नभयो । क्याम्पसले पाठ्यक्रम विकास केन्द्र र तत्कालिन राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको पाठ्यक्रम बगेर आफुखुसी विषय राखी स्नातक तहमा कम्प्यूटर इन्जिनियर बन्न पाउने झुटो आश्वासन दिई कम्प्यूटर इन्जिनियरिङ ९प्राविधिक०मा भर्ना लिएको र शैक्षिकशत्रको अन्त्यमा परीक्षा बोर्डको परीक्षालाई नै दोष दिई कक्षा ११ मा कम्प्यूटर इन्जिनियरिङ विषयका विद्यार्थीमध्ये आधालाई कम्प्यूटर विज्ञान तथा आधालाई विज्ञान संकायतर्फ पठाएको अभिभावकको आरोप छ ।

काभ्रे । “क्याम्पस प्रशासनले कम्प्यूटर इन्जिनियरिङ र कम्प्यूटर विज्ञान उस्तै हो भनेर विद्यार्थीलाई भ्रममा राखेको पाइयो”, पराजुलीले भन्नुभयो । क्याम्पस प्रमुख बैदारले भने केही बाहिरी तत्वले क्याप्पसको गरिमालाई घटाउन विभिन्न गतिविधि गरेको आरोप लगाउँदै विधिसम्वत् ढङ्गले कक्षा ११ र १२ को अध्यापन भइरहेको दावी गर्दै आउनुभएको थियो । क्याम्पसका विभिन्न सङ्कायमा करिव एक हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा कक्षा ११ र १२ अध्ययनपछि ५५ जना विद्यार्थी फरक विषयको परीक्षामा सामेल भएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.