भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

गाँजासहित तीन जना पक्राउ

गाँजासहित तीन जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अमेरिकाबाट पार्सल भनेर आएको ७ किलो गाँजासहित बुधबार तीन जना पक्राउ परेका हुन । अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटमको पार्सलमा लुकाएर पठाएको गाँजा प्रहरीले बरामद गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेमा भारत गुजरातका ३० वर्षीय निमेश अशोकभाइ दयानी, सर्लाहीको हरिहरपुर नगरपालिका ३ का फैज आलम र गोरखाको गण्डकी गाउँपालिका ४ का २३ वर्षीय रुपक अर्याल रहेका छन् । अमेरिकाको क्यालिफोर्नियाबाट दुबई हुँदै आएको होम डेकोर वाटर फाउन्टेन एण्ड चाइल्ड गेम आइटम उल्लेख गरेको पार्सलमा समेत प्रहरीले २.४ किलोग्राम गाँजा भेटेको ब्यूरोले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.