भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि पहिलो मत पौडेलले खसाले

तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि पहिलो मत पौडेलले खसाले

काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि सुरू भएको मतदानमा पहिलो मत राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले खसालेका छन् । बिहीबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको मतदानमा उनले पहिलो मत खसालेका हुन ।

संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङले मतदान गर्न पाउने छैन् । चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।

सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदहरुको मतभार ७९ र प्रदेश सांसदको ४८ रहेको छ । सबै सांसदहरुको मतभार जोड्दा ५२ हजार ७८६ हुन्छ । त्यस मध्ये बहुमत अर्थात २६ हजार ३९४ मत ल्याउने उम्मेदवार निर्वाचित हुने जनाइएको छ ।

मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । नेपालमा संघीय गणतन्त्र स्थापना भएपछि २०६५ साल साउन ८ गते डा.रामवरण यादव पहिलो राष्ट्रपति चुनिएका थिए भने २०७२ कात्तिक ११ गते विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति चुनिएकी थिइन । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ । भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने छ ।

राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठ दलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार रहेका छन् भने विपक्षी दल नेकपा (एमाले) एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.