भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । मध्यपुर ठिमी नगरपालिका(१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट भएको हो । बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यान पनि क्षतिग्रस्त छ ।
बम विस्फोटबाट कुबेर केसी र कपिल घिमिरेको घरमा पनि क्षति पुगेको छ । बुधबार बिहानै प्रहरीको गस्ती नभएको समयमा बम विस्फोट भएको हो । बम विस्फोट कस्ले गराएकाे हाे ? अहिलेसम्म केही खुल्न सकेको छैन ।
बाँस्कोटाले स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग ७० करोड रुपैयाँ कमिशनकाण्डमा मुछिएपछि राजीनामा दिएका थिए । कमिशन मागेकाे अडियाे सार्वजनिक भए पछि बाँस्काेटाले राजिनामा दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...