भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

स्वास्थ्य मन्त्री कोरोना भाइरसको संक्रमणमा

स्वास्थ्य मन्त्री कोरोना भाइरसको संक्रमणमा

बेलायत । स्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिस कोरोना भाइरसको संक्रमणमा परेकी छन् । कोरोना भाइरसको संक्रमणमा पर्ने उनी पहिलो सांसद हुन् ।

कोरोना संक्रमण भएको थाहा पाएपछि सबै सावधानी सहित घरभित्र सेल्फ आइसोलेशनमा राखेको बताएकी छन् । ६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

बिहिबार उनलाई पहिलो लक्षण देखिएको स्वास्थ्य विभागले जनाएको छ । सोहि दिन प्रधानमन्त्रीले आयोजना गरेको एक कार्यक्रममा भाग लिएकी थिइन् । त्यसको भोलिपल्टदेखि उनी सेल्फ आइसोलेशनमा बसेकी छिन् ।

कोरोना भाइरसका कारण बेलायतमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.