भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गोठ जल्दा १० लाखको क्षति

गोठ जल्दा १० लाखको क्षति

बागलुङ । जैमिनी नगरपालिका–९ पैँयुथन्थापमा आइतबार साँझ आगलागी हुँदा एक घरगोठ जलेर नष्ट भएको छ । पैँयुथन्थापका ललितादेवी सर्कीनीको घर र सोही ठाउँमा बस्ने मनबहादुर नेपालीको गोठ जलेको हो ।

ढुङ्गा माटोले बनेको कच्ची घरगोठ जलेका हुन् । ललिताको घरमा विद्युत चुहिएर लागेको आगोले छेवैमा रहेको गोठसमेत समातेको स्थानीयले बताए । आगलागीबाट घरमा रहेका लत्ता कपडा, अन्नपात सबै जलेका छन् ।

केही नगद र गरगहनासमेत जलेको पीडित सर्कीनीले बताइन् । साँझको समयमा घरमा आगलागी भएका घरमा बस्नेहरुले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.