भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डोल्पाका हिमालहरु सेताम्य, जनजीवन कष्टकर

डोल्पाका हिमालहरु सेताम्य, जनजीवन कष्टकर

डोल्पा । हिमाली जिल्ला डोल्पामा हिमपात भएको छ । भाइटीकाकै दिन उच्च हिमाली बस्तीहरूमा हिमपात भएको हो । मौसम बदलीपछि सोमबार बिहानैदेखि उपल्लो डोल्पा र तल्लो डोल्पाका विभिन्न स्थानमा वर्षासँगै हिमपात सुरु भएको छ ।

उपल्लो डोल्पामा पर्ने शे–फोक्सुन्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा पर्ने फोक्सुण्डो, साल्दाङ, धो, तिन्जे, छार्का, मुकोटलगायतका बस्तीहरूमा रातिदेखि हिमपात सुरु भएको शे–फोक्सुन्डो गाउँपालिका– ८ का अध्यक्ष निमा लामाले जानकारी दिए ।

बाग्लो हिउँ जमेका कारण उपल्लो डोल्पाका डाँडापाखा र विकट गाउँबस्तीहरू सेताम्य हुनुका साथै जनजीवन कष्टर भएको वडा अध्यक्ष लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.