भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

ग्रामीण भेगमा प्रभाबकारी बन्दै जीवन सुरक्षा कार्यक्रम

ग्रामीण भेगमा प्रभाबकारी बन्दै जीवन सुरक्षा कार्यक्रम

दैलेख । स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढ़ीकरण परियोजना अन्र्तगत नेपाल सरकारको जीवन सुरक्षा कार्यक्रम ग्रामीण भेगमा प्रभाबकारी बन्दै गएको छ ।

वान हार्ट वल्र्ड वाईड र एभेरेस्ट क्लब दैलेखको सहकार्यमा जन्म पूर्वको तयारी तथा मातृ सुरक्षा चक्की सम्बन्धी सामुदायिक महिला स्वास्थ्य स्वयंम सेविका तथा स्वास्थ्यकर्मीहरुलाई २ दिने पुनर्ताजगी तालीम सम्पन्न भयको छ ।

नारायण नगरपालिकाको समन्वय तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र भुर्ति र बेलासपुर स्वास्थ्य चौकीको आयोजनामा गर्भवती महिला, उनका परिवार तथा समुदायलाई मातृ तथा नवजात शिशु स्वास्थ्यबारे जानकारी दिन, शिशु जन्मिनु अघि पूर्व योजना बनाउनु पर्ने आवश्यकताबारे बुझाउन, स्वास्थ्य संस्थामा प्रसूती गराउन प्रोत्साहन गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको होे ।

घरमा सुत्केरी हुँदा बच्चा जन्मिसकेपछि हुने सक्ने अत्याधिक रक्तश्राव रोकथामको लागि मातृ सुरक्षा चक्कीको प्रयोगबारे कार्यक्रममा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा ११ जना सामुदायिक महिला स्वास्थ्य स्वयंम सेविका, १० जना स्वास्थ्यकर्मीहरुको सक्रीय सहभागिता थियो ।

कार्यक्रमले स्वास्थ्य संस्थामा प्रसूती गराउने आमाको संख्यामा बृदि हुने वान हार्ट वल्र्ड वाइड प्रदेश कार्यालय सुर्खेतका बरिस्ठ कार्यक्रम संयोजक रबिन जोशीले बताए । नारायण नगरपालिका स्वास्थ्य शाखा नर्सिंग सम्पर्क व्यक्ति कृष्णा रेग्मीकोे सहजीकरणमा सम्पन्न कार्यक्रममा घरमा सुत्केरी हुँदा बच्चा जन्मिसकेपछि हुन सक्ने अत्याधिक रक्तश्राव

रोकथामको लागि मातृ सुरक्षा चक्कीको प्रयोग गरि मातृ मृत्यु लाई घटाउन मद्दत गर्ने अपेक्षा लिएको कार्यक्रम परियोजना संयोजक टेक बहादुर थापाले बताए । आगामी दिनमा पनि दैलेखका स्थानीय सरकारसँगको साझेदारी तथा समन्वयमा आवश्यकताको आधारमा परियोजनाका बिभिन्न क्रियाकलापहरु सञ्चालन गरिने उनले जानकारी दिए ।

दैलेख जिल्ला संयोजक अशोक रावल, एभेरेस्ट क्लब दैलेखका कार्यकारी निर्देशक दिपक कुमार शाही, दिपक के.सीसमेतको उपस्थिति रहेको उक्त कार्यक्रममा एभेरेस्ट क्लब दैलेखका परियोजना संयोजक टेक बहादुर थापाले व्यवस्थापन गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.