रक्तिम दैलेखी भक्तपुर । नेपालकै ठूलो पर्यटकीय क्षेत्र संरक्षणमा चारवटा नगरपालिकाले एउटै गुरुयोजना बनाएर अघिबढ्ने बताएका छन् । आज होटल भिलेज हाइल्याण्ड रिर्सो रानीकोटमा भव्य कार्यक्रमको आयोजना गरी उनीहरुले एउटै बोली बोलेका हुन् । पनौती नगरपालिका, सूर्यविनायक नगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका प्रतिनिधि भेला भएर पर्यटन पूर्वाधार विकास योजना तर्जुमा गरेका हुन् ।
संयुक्त कार्ययोजना बनाएर अधिबढेका चारवटै नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्डले समेत चाँसोका साथ कार्यक्रममा सहकार्य गर्ने बताएको छ । चार वटै नगरपालिकाको संगम स्थल रानीकोटलाई केन्द्र बनाएर चारैतीरको विकास गरिने स्थानीय सरकारका प्रतिनिधिले बताएका छन् । ढंगको थिति बसाल्न पत्रकारको भूमिका महत्वपूर्ण हुने कार्यक्रममा पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।
राम्रा कामको उठान र नराम्रा कामको घोचपेच गरिदिन आग्रह गर्दै न्यौपानेले पर्यटन प्रवद्धनका लागि गुरुयोजना छिटै ल्याउने र कार्यान्वयनमा लैजान सवै नगरपालिका तयार रहेको बताए । चराविज्ञहरु पनौतीको जंगलमा मेहनतका साथ पसेर विभिन्न प्रजातिका चरा अध्यन गरी प्रतिवेदन पेश गरेको प्रति धन्यवाद दिदै उनले कुन प्रकृतिमा कस्तो चरा बस्छ ? त्यसको संरक्षणमा नगरपालिका तयार नै रहेको बताए ।
पर्यटन बोर्ड र तीनै तहका सरकारसंग छिटै गुरुयोजना ल्याउने र यहि आर्थिक वर्षमा नै योजना कार्यान्वयनमा लैजानु पर्ने आवश्यक्ता रहेको न्यौपानेको भनाई छ । अहिले कुरा गर्नु भन्दा पनि काम गरेर देखाउनु पर्ने भएको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको भनाई छ । जनप्रतिधिधिको काम चारैतिर हेर्नु पर्ने भएकोले कर्मचारीलाई नै जिम्मा दिएर पर्यटन विकासका लागि संयुक्त कार्ययोजना बनाएर अधिबढ्ने बताए ।
महत्वपूर्ण योजना तजुर्मा गरेर चारवटै नगरपालिकाले गहन अध्यन गरेर प्राकृतिक स्रोतको विकास गरेर लैजानु पर्ने र संयुक्त रुपमा ल्याएको योजनामा पर्यटन बोर्डको निरन्तर सहकार्य गरेर बोर्डको दायित्व पुरा गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । पर्यटक आउने मौसममा नै यस क्षेत्रमा चराहरुपनि आउने भएकाले पर्यटकलाई अध्यन र देखाउन कै लागि भएपनि वर्ड वाचिङ्ग समयलाई मध्यनजर गरी योजना ल्याउनु पर्ने जिकिर पर्यटन बोर्डको छ ।
चारवटै नगरपालिकाकाे संयुक्त आयाेजनामा पर्यटन पूर्वाधार बिकास योजना तर्जुमा कार्यक्रममा पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा, पर्यटन बोर्डका निर्देशक पनौती नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद वाग्ले ४ वटै नगरपालिकाका वडा अध्यक्षहरु र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै पनौती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले यस क्षेत्रमा पाइने चरा सम्बन्धी विशेष अध्यन गरिनु पर्ने बताए । पर्यटनमा साझेदारी र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता सहित समापन भएकाे कार्यक्रमकाे संचालन पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
८० हजार किलोमिटर यात्रा गरी विदेशी चरा नेपाल आउने
नेपालमा विश्वका ९० प्रतिशत चरा पाईने गरेको चरासंरक्षणको क्षेत्रमा काम गरेको सस्थाले बताएको छ । चीन हुँदै विभिन्न देशबाट आगन्तुक तथा स्थानीय चार सय प्रजातिका चरा हिउँदमा फुल पार्न र बच्चा कोरल्न नेपाल आउने गरेको चरा संरक्षण क्षेत्रमा काम गरिरहेको सस्थाले जनाएको छ ।
यहाँ साइबेरियाली सारस, मैना, जुरेली, धोबीन, राजलाहाँचे, क्राउन, चखेवा, कर्याङकुरुङलगायत चरा र धेरै जातका माछामा खोला र तालमा पाइने सस्थाले जनाएको छ । तिनलाई हेर्न स्वदेशी तथा विदेशी पर्यटक नेपाल आउने गरेको र उनीहरुको रुचिपनि त्यहि भएको सो सस्थाको भनाई छ ।
मानवीय र प्राकृतिक कारणले खुम्चिन दिनु हुन्न
खेतजति जम्मै घडेरीमा परिणत बन्न थालेपछि बच्चै हुँदा खेतका कान्लामा देखिने पानी चरालगायतका अन्य प्रजातिका चराहरु विस्तारै लोप हुन थालेको स्थानीयको भनाई छ । नगरपालिकाले चरासंरक्षणमा ध्यान दिएकोले पहिले जस्तो आउने थरीथरीका आगन्तुक चराको बथान भने अहिले विस्तारै देखिन थालेको उनीहरुको दावी छ ।
आगन्तुक र रैथाने प्रजातिका ३–४ सय चरा अहिलेपनि यस क्षेत्रको जंगलमा देख्न पाइने चरासंरक्षण क्षेत्रमा काम गरेको सस्थाको भनाई छ । बर्सेनि ग्रीष्म र हिउँदमा आउने आगन्तुक पानी चराको संख्या पनि बढ्दै गएको सरोकारवालाको भनाई छ ।
रैथाने प्रजातिका चराचुरुङ्गी पनि विस्तारै हराउने चिन्ता
सौन्दर्यीकरणका नाममा ताल तलैया र वनक्षेत्र मास्दा जलीय पारिस्थितिकीय प्रणालीमै असर परेको सो सस्थाको दावी छ । पारिस्थितिक र भुगोलको अध्ययनपछि मात्रै जलचर, जलीय वनस्पतिलाई असर नगर्ने किसिमले कार्य गर्नुपर्ने र तालमा डुंगा चलाएरै, माछा पालेरै पैसा कमाउनुपर्छ भन्ने मानसिकता त्याग्नु पर्ने जिकिर सस्थाको छ ।
जसका कारण चराहरु विस्थापित हुदै गएकोले चरा अवलोकन लगायत अन्य पर्यापर्यटनबाट पनि स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन सकिने र पर्यटकको मन लोभ्याउन सकिने भएकाले यी क्षेत्रको खेतबारीमा रासायनिक मल र कीटनाशक औषधि प्रयोगमा निषेध गर्नु पर्ने सूझाव चरासंरक्षण क्षेत्रमा काम गरेको सो सस्थाको भनाइ छ ।
एकीकृत योजना बनाएर जानुपर्नेमा जोड
कार्यक्रममा सहभागि विज्ञको टोली परिचालन गरेर एकीकृत योजना तर्जुमा र व्यवस्थापन योजना बनाएर अधि बढ्न सूझाव सहभागिले दिएका छन् । जलाधार संरक्षण र पर्यापर्यटनमार्फत आयआर्जनका काम गरी ताल, तलैया र चराको वासस्थान क्षेत्रमा स्थानीय सरकारले विशेष चाँसो दिएर संरक्षणमा लाग्नु पर्ने तथा स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने योजनाका साथ अगाडि बढ्नु पर्नेमा सहभागिको जोड थियो ।
जैविक विविधताको संरक्षण, संरक्षित क्षेत्रबाट आर्थिक समृद्धि र विकासमा जोड दिदै योजना समेटिनु पर्नेमा सहभागिले सुझाव दिएका थिए । संरक्षणमा अन्तर्राष्ट्रिय सहयोगका साथै स्थानीय जनसहभागितालाई पनि जोडेर लान सकिने र सबै भन्दा पहिले स्थानीय सरकारले सुरुवाती गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
नेपालका पाइने चरा मध्य अधिकाँश रानीकोटमा पाइने
नेपालमा पाइने ८८६ प्रजातिका चरामध्ये रानीकोटमा मात्रै २४ प्रतिशत विभिन्न प्रजातिका चरा भेटिएको रेकर्ड छ । यो क्षेत्र चरा संरक्षणका हिसावले मात्रै धनि छैन, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्रका हिसावले पनि अव्वल छ । विश्वमै दुर्लभ प्रजातिको रुपमा रहेका चरामध्ये यस क्षेत्रमा गोमा, युमहा चिल, सुन गिद्ध, सेतो गिद्ध र डङ्गर गिद्धगरी चार प्रजाति र कालीज प्रजातिको चील नामक पाँच प्रजातिका चरा रहेको पाइन्छ ।
नेपालमा मात्र पाइने काँडेभ्याकुर यहाँको वन क्षेत्रमा प्रसस्त पाइने भन्दै चराको वासस्थानलाई जोगाइराख्नका लागि स्थानीय सरकारको भूमिका थप महत्वपूर्ण रहने कार्यक्रमका सहभागीले बताएका थिए । हिउँद बिताउनका लागि चीन, मंगोलिया तथा रुसको साइबेलियासहितका क्षेत्रबाट चरा नेपाल आउने र जाडो छल्न तथा अत्याधिक चिसोका कारण आहाराको अभाव हुँदा चराहरु महादेश नै पार गरेर नेपालसम्म आइपुग्ने गरेको जानकारहरु बताउ छन् ।
जाडो याममा उत्तरतिरबाट अर्थात हिम श्रृङ्खलामाथिबाट उडेर चराहरु नेपालका विभिन्न स्थानमा आइपुग्ने र ती मध्य अधिकाँश यहाँको क्षेत्रमा पुग्ने गरेको तथ्याङ्क पाइएको छ । जाडो र आहराको अभाव छल्नका ती चराहरु यहाँ आउने दावी सरोकारवालाको छ ।
जाडो छल्नका लागि चराहरु चीनको विभिन्न भाग, मंगोलिया, कोरियाको छेउछाउ, रुससहितका क्षेत्र, साइबेरियाको आर्कटिक सर्कल, मध्य एसियाली क्षेत्र, पूर्वी युरोपका केही भाग, अफगानिस्तानसहितका क्षेत्रबाट यो समयमा चराहरु नेपाल आउने गरेको सरोकारवालको दावी छ।
खोला तथा तालहरुमा टाउट र भूरा माछा राख्नु पर्ने
सूर्यविनायक, पनौती, महालक्ष्मी, गोदावरी नगरपालिकाका खोला र तालहरुमा टाउट माछाका भुरा राख्नु पर्ने पर्यटन व्यवसायी रामसुन्दर बकेको भनाई छ । चरा संरक्षण गरेर मात्रै हुदैन, त्यसका लागि चाहिने वातावरण र खाने आहाराको पनि परिपूर्ति गर्नुपर्ने उनको भनाई छ ।
त्यसका लागि खोला र तालमा माछाका भुरा छोड्नु पर्नेमा उनको जोड छ । जलीय वनस्पति, जलचरलगायत जैविक विविधताले भरिपूर्ण चारवटै नगरपालिका क्षेत्रमा ताल संरक्षण र प्राकृतिक श्रोतको संरक्षण तथा विकास गर्नुका साथै एउटा छुट्टै समिति नै गठन गरेर रेखदेख गरिनु पर्ने उनको भनाई छ ।
कार्यक्रमका दृश्यहरु…


