भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

सुन्दरतामा फसाएर लुट्ने धन्दामा युवती, काठमाडौंमा पाँच जना समातिए

सुन्दरतामा फसाएर लुट्ने धन्दामा युवती, काठमाडौंमा पाँच जना समातिए

काठमाडौँ । सामाजिक सञ्जाललबाट सम्बन्ध विस्तार गर्ने अनि धनाड्यलाई लुट्ने धन्दामा केही युवती लागेको खुलेको छ । जसलाई प्रहरीले ‘हनी ट्र्याप’ नाम दिएको छ ।

हप्ता दिन अघि दुई युवतीले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्ट हाउसमा बोलाएर बसिन्, अनि गोप्यरुपमा युवाको भिडियो युवतीले खिचिन् । सबै आआफ्नो घर तिर लागे । पछिल्लो दिन ती युवतीले म्यासेन्जरमा भिडियो ती युवकलाई पठाइन् ।

युवाहरु चकित परे भिडियो हेरेर, केही समयपछि ती युवतीले युवकसँग आठ लाखको वार्गेनिङ्ग गरेर रकम असुल गरिन् । पैसा त दिए तर ती युवकले प्रहरीको महानगरीय अपराध महाशाखामा उजुरी गरिहाले । प्रहरीले दुवै युवतीसहित तीनजनालाई पक्राउ गर्‍यो ।

पक्राउ पर्नेमा जाजरकोट घर भई हाल काठमाडौँ गोंगबु बस्ने सङ्गीता शाह, सिन्धुपाल्चोक घर भई गोंगबु बस्ने सुस्मिता गिरी र नुवाकोट घर भई स्वयम्भू बस्ने २१ वर्षीय शंकर खनाल रहेका छन् । चिनेजानेकै एक महिलाले सुन्धारास्थित एउटा होटलमा पैसा हराएको भन्दै सहयोगका लागि होटलमा बोलाएको ति पुरुषको भनाइ छ ।

हतार गर्दै होटलमा पुगेका ती पुरुषसंग शारीरिक रूपमा नजिकिने अनौठो गतिविधि गरेर एक महिला अश्लील्ता पर्दशन गर्न थालिन् भने अर्की युवतीले भिडियो खिचिन् । पुरुष उम्किएर घर गए तर म्यासेन्जरमा भिडियो पठाएर धम्क्याउँदै ब्ल्याकमेलिङ सुरु भयो । पुरुषले तीन लाख रुपैयाँ दिए तर ती महिलाले आठ लाख रुपैयाँ मागिन् ।

आठलाख तिरेपछि पुरुषले उजुरी दिएको प्रहरीको भनाई छ । पक्राउ पर्नेमा सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र कल्पना हमाल रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.