भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

संसदमा छानविन समिति गठनदेखि अर्थमन्त्री शर्माको राजीनामासम्मकाे माग

संसदमा छानविन समिति गठनदेखि अर्थमन्त्री शर्माको राजीनामासम्मकाे माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालले अर्थमन्त्री जनार्दन शर्माले दिएको स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै प्रतिनिधिसभा अवरुद्ध गर्नुका साथै अर्थमन्त्री शर्माको राजीनामा माग गरेको हो ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदीय छानबिन गठन गर्नुपर्ने माग गर्दै बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न आग्रह गरे ।

उनले भने ‘यो गम्भीर विषय सदनमा प्रवेश भइसकेपछि, सारा जनताले थाहा पाइसकेपछि, मिडियामा आइसकेपछि खास खास घरानाका मान्छेले प्रश्रय दिने गरी करको दरमा हेरफेर भइसकेपछि यो सदन मुकदर्शक भएर बस्न सक्दैन’ विगतमा अर्थमन्त्रीले गल्ती गर्दा राजीनामा दिएको नजिर रहेको भन्दै उनले अर्थमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए ।

भट्टराईले जेठ १४ गते राति अर्थ मन्त्रालयमा बजेट निर्माण भइरहेको ठाउँको सीसीटीभी फुटेज सार्वजनिक गर्न पनि माग गरे । सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफूले अरु सांसदहरुले पनि प्रश्न लिने र अर्थमन्त्रीले जवाफ दिने बताए पनि एमाले सांसदहरुले मानेपछि संसद बैठक असार १ गते विहान ११ बजेसम्मका लागि स्थगित गरे ।

 


Thali Mobile Pvt.Ltd.