काठमाडाैं । विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्न जो कसैका लागि सहज छैन् । तर, सगरमाथ पुग्ने मुख्य प्रवेशद्वारसम्म पुग्न भने सबैका लागि सहज छ । सोलुको सुन्दर पर्यटकीय स्थल पत्ताले सगरमाथ पुग्ने मुख्य प्रवेशद्वार हाे । सोलुखुम्बुु जिल्लाको सुन्दर पर्यटकीय स्थल हो पत्ताले । हिमालका मनोरम दृश्य अवलोकन गर्नका लागि पनि याे नयाँ गन्तव्य हो । पहाडका सुन्दर घुम्ती, अनि हिमशृंखला, ओर्गेनिक खानपान जस्ता विशेषताले भरिपूर्ण पत्ताले एक पर्यटनका लागि आकर्षणको नयाँ केन्द्र पनि हो ।
सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ मा पर्ने पत्ताले डाँडा समुन्द्री सतहबाट करिब ३ हजार १ सय फिट उचाइमा अवस्थित पर्यटकीय ठाउँ हो । आफैँमा सुन्दर यो गाउँमा आन्तरिक वा विदेशी पर्यटकले अझ शोभा बढाइदिएको हुन्छ । पत्ताले हिमाल हेर्ने उपयुक्त गन्तव्य भएकोले पनि आन्तरिक तथा बाह्य पर्यकटको आवतजावत बाक्लै हुने गरेको देखिन्छ ।
पत्तालेबाट नजिकै देखिने सगरमाथा, गौरीशंकर हिमशृंखलाले जोकोहीलाई पनि मोहित मात्रै पार्दैन्, पत्ताले, आधार शिविर वा नजिकसम्म पुग्न नसक्ने, तर सगरमाथा हेर्न चाहनेका लागि अति नै उपयुक्त गन्तव्य हो भन्दा फरक नपर्ला । यहाँको डाँडाबाट मेरापिक, चोयू, ल्होत्से हिमालका दृश्यले त चटक गरेजस्तै भान हुने गर्दछ ।
Click here to watch the video ...
समुन्द्री सहतबाट ८,८४८.८६ मिटर सगरमाथा संसारको सबैभन्दा अग्लो चुचुरो हो । ८ डिसेम्बर २०२० अगाडी यसको उचाई समुन्द्र सतहबाट ८,८४८ मिटर मानिएको थियो । सगरमाथा नेपालको सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्छ भने यसलाई तिब्बती भाषामा चोमोलुङ्गमा भनेर चिनिन्छ । विशेष गरी थुलुङ राई स्थानियवासीहरू सगरमाथालाई चोमोलुङ भन्दछन् ।

कसरी पुग्ने त पत्ताले ?
सगरमाथाको पर्यटकीय धरातलमा अडिएको पत्ताले पुग्न उपत्यकालाई केन्द्रमा राखेर (भक्तपुर, ललितपुर र काठमाडौं) अर्थात राजधानीबाट करिब ८ घण्टाको मोटर यात्रा गदै आरामसँग पुग्न सकिन्छ । पत्तालेबाट करिव १ घण्टाको यात्रामा सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुग्न सकिन्छ । २ दिनको छोटो यात्रामै पनि पत्ताले पुगेर काठमाडौं फर्किन सकिन्छ ।

काठमाडौंबाट ओखढुंगा हुँदै सोलु पताले पुग्ने राजमार्ग छ । पत्ताले पुग्नका लागि बीपी राजमार्गका विभिन्न स्थानहरु हुदै सुनकोशी नदिको तिरै तिर अघि बढ्दै नेपालथोक, कुशेश्वर महादेव, रोशी र सुनकोशी नदिको दोभान, मुल्कोट, अकवरे भीर, खुर्काेट, घुर्मी, हर्कपुर, ओखलढुंगा बजार हुदै, सोलुको धाप बजारमा पुग्न सकिन्छ ।
पत्ताले यात्रामा हाम्राे अनुभव.
भक्तपुरकाे रानीकाेटमा अवस्थित भिलेज हाइलाण्डबाट हाम्राे साेलुकाे यात्रा सुरू हुन्छ । बीपि राजमार्गमा पर्ने विभिन्न स्थानहरूकाे न्यानाे स्वागतलाइर् स्वीकार गर्दै केही घण्टाकाे माेटर यात्रा पछि हामी साेलुकाे धाप बजार पुग्छाैं ।
धाप बजारबाट आँखै अगाडी देखिने सुन्दर हिमालका सौन्दर्यतालाई नियाल्दै हिमालको चिसो सिरेटोसंग रमाउँदै चिसो छल्नका लागि चिया र कफिको छुस्की लिंदै हिमालका दृश्यहरू निहाल्दै रमाउँछाैं । यी सेता दन्तलहर मिलाइ हाँसेका हिमालका दृश्य देखेपछि नरमाउने सायद मात्र होलान् ।
आँखै अगाडि देखिएका यी दृश्यले शेल्फि र यहाँको तस्वीर लिन जाेकाेही लालाहित हुने नै भए । हामीले नि शेल्फि र केही दृश्यहरू माेबाइलमा कैद गर्याैं । सेतो हिउँसंग लडिबुटी गर्दै, रमाउदै यहाँ रहेकाे नाइस भ्यू होटल एन्ड लजको न्यानोलाई स्वीकार्दै यहाँको सुन्दरतासंग केही बेर रमायौं ।

धाप बजार पुग्दा गोधुली साँझमा टल्केका हिमालहरुले हामीलाई स्वागत गरिरहेझै लाग्यो । तर हामीले सेता हिमाललाई स्वागत गरेको भान भयो । घाप बजार माइनस ३ देखि माइनस ५ डिग्री सेल्सीएस सम्मको तापक्रममा पुगिरहदा पनि चिसोको महशुस नै भएन । यहाँकाे रमाइलोबाट विट मार्न त मन थिएन तर हाम्रो यात्रा पत्ताले भएकाले पनि धाप बजारलाई विदाई गर्नुपर्ने भयो ।
धाप बजारलाई विट मार्दै पत्ताले तर्फ यात्रा हामी अघि बढयौं । यो यात्रा साह्रै रमाइलो भयाे । यो यात्रा पारिवारिक भएकाले पनि होला हामीलाई यात्राका क्रममा थकानको महशुन नै भएन । यहाँकाे प्राकृतिक साैन्दर्यता र सेता हिमालका दृश्यले हामी पत्ताले बजार पुगेको पत्तै भएन । साझको बेला भएर पनि होला पत्ताले बजार पुग्दा भरपुर सुन्दरतासंग रमाउन असमर्थ भयौं ।
यस दिन मनमोहक दृश्यलाई मनको मजेरीमा साँचेर पत्ताले बजारको होमस्टेमा बास बस्यौं । यहाँको बसाइले हामीलाई आनन्दीत बनायो ।विशेष गरी यहाँकाे आलु, मुला लगायतका अर्गानिक हिमाली उत्पादनले बजारको समस्या भोगिरहेको देखिन्छ । अझ पर्यटकहरूलाइर् बास बस्न र यहाकाे रहनसहनका बारेमा जानकारी दिन पर्यटन व्यवसायलाइर् प्रवर्द्धन गर्न जरूरी छ ।
विशेष गरी नेपालका विभिन्न स्थानहरूमा राेजगारीकाे व्यवस्थापन गर्न सरकारले होम स्टेमा अनुदान नै दिएर विकास गर्न जरुरी देखिन्छ ।पत्ताले सोलुको पहिलो पर्यटकीय गन्तव्य नै हाे । यहाँका शयन कक्षबाटै देखिने विश्वको सर्वोच्च शिखर सगरमाथाको सुन्दरताले हामीलाई मन्त्रमुग्ध पा¥यो । हामीलाई मात्र होइन, यहाँ पुग्ने कसको मन नलोभ्याउला र ? नीलो आकाश चुमिरहेको झै लाग्याे ।

यहाँबाट नीलाे अाकाश नै चुमेकाे भान भयाे । स्वच्छ हावा, शान्त वातावरण, अनि सेतो घुम्टो ओढेर बसिरहेकी बेहुली झै लाग्ने दृश्यले हाम्रो मनमा एक तस्बीर नै बसेको भान भयो । आँखाको नजरबाट छुटाउनै नहुने सगरमाथाको दृश्यले आफै सगरमाथाको चुचुरोमा पुगेको अनुभूति पनि गराईदियो । पत्तालेमा उभिएर सगरमाथा लगायत दर्जनौं हिमश्रृंखला नियाल्दा आफुलाई भाग्यमानी ठानियो ।
यी दृश्यहरुलाई मनमा साँचेर निन्द्रा लागेपनि सगरमाथा तर्फ हेरेर बसौं जस्तो लागिरयो । विहानीको सूर्योदयसंगै कतिबेला उज्यालो होला र थप दृश्यसंग रमाउला भन्ने लागेको अवस्थालाई चिदै हामी उठ्यौं अनि नित्यकर्म गरेर सुन्दर दृश्यसंग लुकामारी खेल्यौं । विश्वकै अग्लो शिखर सगरमाथा, तेस्रो अग्लो हिमाल कन्चनजंघा, गौरीटापलगायत अरु थुप्रै हिमालहरु हेरेर आजको दिन विताउँन तर्फ लाग्यौं ।
सोलु दूधकुण्ड नगरपालिकामा पर्ने पत्ताले पुग्न सहजै लाग्यो । सुन्दर सडक सञ्जालले पनि हाम्रो यात्रालाई सहज बनायो । काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य यो स्थान हजारौं सम्भावन बोकेको क्षेत्र रहेछ भन्ने हाम्रो टिमलाई भान भयो । यो हिमाल, शिवजीलाई प्राप्त गर्न पार्वतीले कठोर तपस्या गरेको हिमालका रुपमा पनि परिचित रहेछ ।

त्यसैले पनि होला यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण स्थानका रुपमा हेरिने रहेछ । हिउँ पर्यटनका लागि पनि प्रख्यात रमणिय स्थान रहेछ पत्ताले । १ सय ८० डिग्रीमा देखिने हिमालको दृश्यले हेरिरहौं जस्तो लागिरहने यस ठाउँलाई विदा गर्न मन लागेन । हो दर्शकवृन्द प्रचुर पर्यटकिय सम्भावना बोकेको पत्तालेलाई पर्यटनमैत्री कसरी बनाउन सकिन्छ भनेर स्थानीय, प्रदेश र संघिय सरकारले अझ ध्यान दिने हो भने यहाँ पर्यटन भित्र सुन फलाउन सकिन्छ ।
पत्तालेमा पर्यटन पूर्वाधारको थप विकास गरेर लैजान सरकोकारवाला निकायलाई कैलाश खबरको सूझाव रहन्छ । दर्शकवृन्द यहाँको थप विशेषता भनेको यहाँबाट पीके टे«किङको मज्जा लिन सकिने रहेछ । गौरीटाप धार्मिक क्षेत्र पनि हो । शिवजीलाई प्राप्त गर्न पार्वतीले तपस्या गरेको स्थान हो भन्ने किम्बदन्ती रहेछ यहाँ । यतिमात्रै होइन, चाङ्गास्थान शेर्पाहरुको कुल देवताका रुपमा पुजिने रहेछ ।

यस हिसाबमा पनि यो ठाउँ धार्मिक एवं सांस्कृतिक तथा पुरातात्विक महत्वले पनि सर्वोत्कृष्ट ठाउँ रहेछ । यसको महत्वलाई बुझेर धार्मिक तथा सांस्कृतिक पर्यटनका लागि उपयोग गरेमा यसबाट राज्यलाई ठुलो फाइदा पुग्ने देखिन्छ । आफ्नै देशको सुन्दरतामा रमाउन चाहनेका लागि पनि एकपटक यहाँ पुग्नै पर्ने ठाउँ रहेछ ।
यहाँ उब्जाउ हुने बुङ्ग आलुलाई ब्राण्ड बनाउन सकेको खण्डमा जुम्लाको मार्सीलाई पनि विर्साउने देखिन्छ । यसलाई अझ यसरी पनि उपयोग गर्न सकिन्छ । जुम्लाको मार्सी चामलसंग पत्तालेको आलुको झोल मिसाएर खाने हो भने सायद विदेशी पर्यटकले एक रात होइन हप्तौं बसेर रात विताउने सम्भावना छ ।

हो आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि सुविधा सम्पन्न होटल निर्माण गर्दै बीच बीचका गन्तव्यहरुमा होमस्टेलाई बढावा दिने हो भने चौविसै घण्टा र १२ है्र महिना पर्यटकहरुको आगमन हुने देखिन्छ । सदाबाहार गन्तव्य बनाउन नेपाल सरकारले पनि ध्यान दिदै जेपाक्छ त्यही विक्छ अभियान सञ्चालन गरेर जाने हो भने । नेपालको पर्यटन फस्टाउने मात्रै होइन फलिफाफ हुने देखिन्छ ।
हो जे पाक्छ त्यही बिक्छ अभियान अन्तर्गत भक्तपुरको रानीकोटमा सञ्चालित भिजेल हाइल्याण्ड रिर्सोटले बजारिकरण गर्ने हिसावले सोलुखुम्बुको बुङ्ग आलुको स्वाद आफ्ना ग्राहकहरुलाई पस्कि रहे जस्तै यसलाई नै ब्राण्ड बनाएर जाने हो भने पर्यटनमा नयाँ पन थप्न सकिन्छ ।
फाेटाे फिचर…


