भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

जनताको नेता र प्रधानमन्त्री भए एमसीसी च्यातेर फाल्न सांसद सुवालको आग्रह

जनताको नेता र प्रधानमन्त्री भए एमसीसी च्यातेर फाल्न सांसद सुवालको आग्रह

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले नेपाल अमेरिकाको नयाँ गोरखाली सेना नबन्ने बताएका छन् । विहिबार नेपाल मजदुर किसान पार्टीले एमसीसीविरुद्ध गरेको प्रदर्शनपछिको सभामा बोल्दै सांसद सुवालले अमेरिकाको नयाँ गोरखाली सेना अब नबन्ने ठोकुवा गरेका हुन । सांसद सुवालले एमसीसीको पैसा खाने देशलाई त्याहाको जनताले पत्तासाप गरेको जानकारी दिदै एमसीसी ल्याउने नेपाली काँग्रेसलाई आउँने चुनावमा जनताले पत्तासाप गरेरै छोड्ने तर्क गरे ।

उनले अमेरिकाले थरकाएपछि एमसीसी टेवुल भएको बताउँदै डराएर हुन्छ भन्दै प्रश्न समेत गरेका थिए । सांसद सुवालले सिंहदरबारमा बस्नेहरु डराउन नहुने बताउदै नेपाली जनताको प्रधानमन्त्री हुने भए एमसीसी च्यातेर फाल्न प्रधानामन्त्री देउवालाई आग्रह समेत गरे । सांसद सुवालले एमसीसी खारेज नभएसम्म आफ्नो पार्टीले आन्दोलन जारी राख्ने बताए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद् सृजना सैंजू, पार्टी केन्द्रिय सदस्य रवीन्द्र ज्याख्व, विद्यार्थी नेताहरु प्रकाश गुरुग, सुरेश परियारलगायतले एमसीसीको विषयमा सम्बोधन गरेका थिए । भिडियाे ………..

 


Thali Mobile Pvt.Ltd.