भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार

युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार

काठमाडौं । युक्रेनका मुख्य सैन्य बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । राजधानी किभसहित मुख्य सहरमा बम बिस्फोटका घटना भएका छन् । स्थल, हवाई र सामुद्रिक सबै स्थानबाट युक्रेनविरुद्ध भएको आक्रमणमा ४० जना युक्रेनी सैनिक र सर्वसाधारणको मृत्यु भएको छ ।

रुसी बाहुल्य पूर्वी युक्रेनका डोनेत्स्क र लुहान्स्क क्षेत्रलाई रुसले अलग देशको मान्यता दिँदै त्यस क्षेत्रमा सेना परिचालन गर्न आदेश दिएपछि रुस र युक्रेनबीच तनाव बढ्दै गएको थियो । आक्रमण रुसी सेनाले गरेको युक्रेनको भनाइ छ ।

युक्रेनले एक महिना मार्सल (सैनिक) कानुन लागू गरेको छ र सबै नागरिक उड्डयन बन्द गरेको छ । सार्वभौमसत्तासम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोग गलत भएको भन्दै युक्रेनमाथिको आक्रमणको विरोध भइरहेको छ ।

संयमता अपनाउन आग्रह
युक्रेनमा करिब दुई सय नेपाली नागरिक बसोवास गरिरहेको नेपाली राजदूत रामकाजी खड्काले बताए । अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको उनको भनाइ छ ।दूतावासले बिहीबार सूचना जारी गरी नेपालीलाई संयम अपनाउन, सुरक्षित भएर बस्न र युक्रेन सरकारले जारी गरेका नियम पालना गर्न आग्रह गरेको खड्काले बताए ।

नेपालीलाई युक्रेनका छिमेकी मुलुकसम्म जानका लागि समन्वय गर्नका लागि कूटनीतिक प्रयास थालेका राजदूत खड्काले जानकारी दिए । युक्रेनका १५० जना नेपाली सम्पर्कमा आएको, पूर्वी युक्रेनको मारियोपोलमा सातजना नेपाली रहेको र त्यहाँ नजिकैको लकातर मिलिटरी बेसमा आक्रमण भएपछि उनीहरू त्रासमा रहेको पनि जानकारी दिए ।

नेपालीलाई युक्रेनबाट स्वदेश फर्किने अवस्था सिर्जना गर्न कूटनीतिक प्रयास गरिरहेको खड्काले बताए । गैरआवासीय नेपालीहरूसँगको समन्वयमा नेपालीसँग सम्पर्क गर्न, त्यहाँका नेपालप्रेमी युक्रेनी नागरिकलाई साथमा लिएर सहयोग गर्न राजदूत खड्कालाई निर्देशन दिएको बताए ।

 


Thali Mobile Pvt.Ltd.