भर्खरै : Sorry, your browser does not support inline SVG.

जनप्रतिनिधिले जनताको आदेशलाई मान्नु पर्छः नगरप्रमुख भण्डारी

जनप्रतिनिधिले जनताको आदेशलाई मान्नु पर्छः नगरप्रमुख भण्डारी

नेपालको मध्य पूर्वी पहाडी भू–भागमा अवस्थित जिल्लाहरु मध्येको सामरिक महत्व बोकेका जिल्ला हो काभ्रेपलाञ्चोक । बागमती प्रदेशमा पर्ने यो जिल्ला समुन्द्र सतहदेखि २८० मिटर (कोखाजोर खोला) देखि ३ हजार १८ मिटर (बेथानचोक नारायण डाँडा) सम्म फैलिएको छ । कुल क्षेत्रफल १३९६ बर्ग किलोमिटर रहेको यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा ललितपुर, भक्तपुर र काठमाण्डौ, उत्तरमा सिन्धुपाल्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्ला पर्दछन् । राजधानी काठमाडौंबाट पूर्वमा तर्फ मूख्य प्रवेशद्धारका रुपमा रहेको साँगा हुदै २१ देखि ३० कि.मी.को दुरी पार गरेपछि सदरमुकाम धुलिखेल पुग्न सकिन्छ ।

संघियता कार्यान्वयनसंगै काभ्रेपलाञ्चोक जिल्लामा ६ नगरपालिका, ७ वटा गाउँपालिकाका गरी १३ स्थानीय तह रहेका छन् । सो अन्तरगत १३५ वडाहरु, २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा काभ्रेलाई विभाजन गरिएको छ । काभ्रेका तेह्र स्थानीय तहमध्ये पनौती नगरपालिका अझ पर्यटकीय तथा धार्मिक महत्वका हिसाबले अग्रपंतिमा रहेको छ । पुरातात्वीक महत्व बोकेको एक प्रमुख पालिका पनि हो । बाह्रवर्षको एक पटक लाग्ने मकर मेला बहुचर्चित छ । भौगोलिक हिसावले सुन्दर पनौती पछिल्लो समय आधुनिक सहरीकरणतर्फ दौडिन थालेको छ ।

स्थानीय तहको निर्वाचनपछि नगरपालिकाले गरेको विकास निर्माण, सुशासन, सेवा प्रवाह एवं पर्यटन क्षेत्रको विकासका बारेमा के भइरहेको छ भनेर हामीले नगर प्रमुख रामशरण भण्डारीसंग कुराकानी गरेका छौं । कैलाशखबर एच.डि.का लागि पत्रकार विनोद कुमार विश्वकर्माले गरेको कुराकानीको सान्दभिक्तालाई सम्पादन गरेर यहाँ प्रस्तुत गरिएको छ । सम्पादक

कसरी दिनहरु विताइरहनु भएको छ ?
सर्वप्रथम त कैलाश खबरलाई धन्यवाद । नगरबासीका समस्या के छन् ? ति समस्या समाधानमा केन्द्रीत रहेर जनताको घर आँगनमा दिनहरु वेतित गरिरहेको छु । हाम्रो नगरपालिकाका केही विषयमा कुराहरु राख्न पाएकोमा म खुसी पनि छु ।

तपाईं नगर प्रमुखमा निर्वाचित भएको एक वर्ष पुरा भयो कस्तो लागिरहेको छ ?
हामी निर्वाचित भएको एक वर्ष पुरा भयो । यो दौरानमा स्थानीय जनताको सेवामा नै तत्पर रहेका छौं । सेवा प्रवाहमा नै समय विताइरहेका छौं । भौगौलिक हिसावले पनि पनौती नगरपालिका सुन्दर छ । नमोबुद्ध अत्यन्तै मनोरम छ । पर्यटकीय सम्भावना बोकेको, धार्मिक तथा कृषि नगरीका रुपमा परिचित पनौतीमा जन्मिन पाएकोमा हामी अत्यन्तै गौरवान्वीत भएका छौँ । विकास निर्माणमा केन्द्रीत भएर यो एक वर्ष जनतासंगै वितिरहेको छ ।

यहाँ निर्वाचित भइसकेपछि पनौती नगरमा के के काम गर्नु भयो जनतालाई यसबारे जानकारी दिनु पर्दा ?
नगरपालिकाले अहिले तत्काललाई हेरेर काम गर्ने होईन, भोलिका चुनौती र अवस्थाको आँकलनका आधारमा विकास निर्माणको खाका तयार पारेर काम गरिरहेका छौं । पनौती नगरपालिका धार्मिक, सांस्कृतिक र प्राचिन नगरी पनि हो । यहाँ बाह्रमासे मकर मेला अति प्रख्यात छ । हाम्रो नगरमा बौद्धकालिन, महाभारतकालिन र रामायणकालिन साँस्कृतिक परमपरा छन् ।

नेपालको इतिहासमा मध्यकालिन संरचनाको शहर भनेर पनि परिचित छ । हाम्रो नगरलाई हामी विश्व सम्पदा क्षेत्रमा सुचीकृत गर्ने प्रयास गरिरहेका छौँ । यसका लागि हामीले धेरै कामहरु अगाडी बढाईरहेका छौँ । हाम्रो नगर धार्मिक, पर्यटकीय र कृषि नगरीका रुपमा पनि परिचित गर्नु छ ।

यसैलाई जोड दिएर अघि बढेका छौँ । भौतिक पूर्वाधार, विकास निर्माण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई संगसंगै अगाडी बढाइरहेका छौं । स्थानीयको आय–आर्जनका लागि कृषि नगरका रुपमा विकास गरेर कृषि क्षेत्रलाई समेटिरहेका छौं । पशुपालन र एग्रोलाई महत्व दिइरहेका छौँ । हामीले मौलिक सम्पदाहरु बचाउँनका लागि सम्पदा अनुकुल योजना अघि सारेका छौ ।

पर्यटन क्षेत्रको कुरा गर्दा कसरी अगाडि बढ्नु भएको छ ?
पर्यटकीय नगरीका रुपमा रहेको पनौतीलाई हामीले अति महत्वका हिसावले हेरेका छौं । यहाँ साहसिक पर्यटनमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लाग्ने भएकाले पयटक पदमार्गको परिकल्पना गरेका छाैं । मनोरम पहाड, खेत तथा हिमश्रृंखलाहरुको दृश्यले आगन्तुकहरुलाई आनन्द प्रदान गर्ने कैयौं मनोरम स्थानहरु रहेका छन् । साहसिक पर्यटनलाई विशेष जोड दिएर उपर्युक्त प्रवद्र्धनका कार्यलाई अघि बढाएका छौं ।

यहाँ प्याराग्लाडिङ, रक क्लाइम्बिङ जस्ता खेलहरु प्नि सञ्चालनमा रहेका छन् । त्यस्तै पनौति–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल– लो ल्याण्ड ट्रेल, साँगा–पनौती (कम्युनिटी हाइकिङ्ग), गुर्दुम–महाभारत पदयात्रा, माउन्टेन बाइक, बर्ड वाचिङ (चराको दृश्यावलोकन), सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा मेला अवलोकन भ्रमण सहज गर्ने गतिविधिमा ध्यान दिएका छौं । धार्मिक पदमार्गको रुपमा पनि नगरलाई समेट्ने कुरालाई जोड्न दिएका छौँ ।

पर्यटनका लागि सम्भावना बोकेका धेरै ठाउँहरु छन् भन्नुभयो ? ति ठाउँहरुमा पुग्न कति सहज छ ?
असहज भन्ने केहि छैन । जहाँ पनि सहज पुग्न सकिन्छ । अब हामीले यसलाई एक आपसमा जोड्ने मात्र हो । धेरै ठाउँमा सडक पुगिसकेको अवस्था छ । यसलाई हामीले धार्मिक, सांस्कृतिक र पर्यटकिय रुपबाट अझै विकास गरेर लैजानेका जोड्ने दिएका छौं । केही ठाउँमा काम पनि हुँदैछ । अहिले ग्राभेल बाटोमात्रै छ भने विस्तारै यी ठाउँहरुमा कालोपत्रे बाटो हुनेछ ।

पर्यटकहरु यहाँ आए पछि उचित बासको बन्दोवस्त कसरी मिलाउने ? पनौती नगरपालिका भित्रका होटेल रेष्टुराहरुको अवस्था के छ ?
नीति तथा कार्यक्रममा नै प्रष्ट पारिसकेका छौं । पर्यटकीय गन्तव्यमा पु¥याउन र पर्यटकहरुको आवास अझै लम्व्याउन व्यवसायीहरुसंग के गर्न सकिन्छ भनेर छलफल गरेका छौं । जसले होटेल सञ्चालन गर्नुहुन्छ, होम स्टे चलाउनुहुन्छ उहाँहरुलाई पनि केहि सुविधा दिने भनेका छौं । होटेल बनाउनेलाई पहुँचमार्ग बनाइदिने, खानेपानी र बत्तीको सहज पहुँच बनाउने तीर ध्यान दिएका छौँ ।

होम स्टेहरु, वडा नं. ४ मा रहेको डाइमण्ड हिल रिसोर्ट र बलथलिमा रहेका होटेलको सेवा सुविधामा जोड दिन भनेका छौं । पर्यटकका आकर्षणलाई ध्यानमा राखी शहरको सौन्दर्यतालाई अझ बढी ध्यान दिएका छौं । अहिले बनेपाबाट पनौतीको बाटोमा बृक्षारोपण गरेका छौं । ग्वार्कोबाट आउने, मानेदोभानबाट दालधारसम्म आउने बाटोमा पनि दायाँ बायाँ बिरुवाहरु रोप्ने गरेका छौं । सम्पदा मैत्री बनाउन गाइडलाइन बनाएका छौं ।

जुन किसीमबाट विकास हुनु पर्ने हो त्यसरी सरकारको ध्यान जना सकेन भनेर स्थानीयको प्रश्न पनि छ नि ?
स्थानीय सरकारले किन विकासमा फड्को मार्न सकेन भनेर स्थानीयले भन्ने गरेका छन् । पर्यटकहरु आउनुहुन्छ होम स्टे र होटेल रिसोर्टसम्म पुग्न बाटो राम्रो छैन भन्नुहुन्छ । यसमा सत्यता केही छ ।

लुकाउनु पर्ने केहि छैन । सबभन्दा पहिले हामीले यहाँ एउटा भिजन हुनुपर्छ भनेर जनप्रतिनिधिहरुसंग भनिरहेका छौं । हाम्रो भिजन र सपनालाई साकार पार्न नगरबासीसंग परामर्श गर्दैछा्रै । स्थानीयहरुलाई हामीले सहि कार्यमा प्रेरित गर्नु पर्छ । हामीले विकास निर्माणका कुरा गर्दा सामाजिक विकासलाई ध्यान दिदैनौँ, आर्थीक विकासलाई ध्यान दिदैनौँ ।

शिक्षाको गुणस्तरबार के छ ?
शिक्षाको गुणस्तरमा कुनै मम्पोरमाइज हुदैन । स्कुल होस् या कलेज गुणस्तर कायम राख्न अनुरोध गरेका छौ ? हामीले धेरै कुरामा ध्यान नदिँदा कतिपय कुराहरु छायाँमा परेको पक्कै हो । त्यसलाई मनन गरेर हामी कम्जोरीलाई हदैसम्म न्यूनिकरण गर्ने र शिक्षामा अब कुनै पनि कमजोरी हुन नदिन नगरले ध्यान दिएर अघि बढिसकेको छ । स्वास्थ्य र पर्यटनमा हामीले विशेष जोड दिएर अघि बढेका छौं ।

यति हुदा हुदैपनि विकास निर्माण गर्न तपाईलाई कसले रोक्यो ?
विकास निर्माण गर्नलाई कसैले रोकेको होइन । विकासको बाटो फरक भएको हो । प्राथमिकता कसलाई दिने भन्ने कुराको निक्र्यौल नभएर यसो हुन पुगेको हो । जस्तै काभ्रे उपत्यका एकिकृत खानेपानी योजना ६६ सालमा सुरु भएको हो । त्यतिबेला ६७ करोडमा सम्पन्न हुनुपर्ने आयोजना अहिले आएर २०८० सम्म पनि अधुरो छ । यो सम्पन्न हुन सकेको छैन ।

दोष कसलाई दिने ? स्थानीयलाई वा पदाधिकारीहरुलाई ? मुहान पनौतीमा भएकाले पानीको अग्राधिकार पनि हामीले पाउनु पर्छ भनेर स्थानीयले भनिरहेका छन् । तर राजनीतिक रुपबाट बोर्डको गठन भयो । त्यो बोर्डले पानी अन्त अन्त लग्यो । त्यहि कारण अहिले पानीबाट बञ्चित हुने अवस्था आयो ।

हामी नेतृत्वमा भएकाले नगरबासीलाई सफा खानेपानी उपलब्ध गराउनु पर्ने हाम्रो दायित्व पनि हो । हामीले पाँच वर्षको अवधिमा कति गर्न सक्छौँ भन्ने कुरा को लक्ष्य निर्धारण भएन भने आउने मान्छे त त्यो बाटोमा हिड्न सक्दैन । त्यसैले भावि पुस्तालाई सुन्दर पनौती हस्तान्त्रण गर्नका लागि दीर्घकालिक सोच बनाएका छौं ।

तपाई जनप्रतिनिधि कांग्रेसको मात्र हो भन्ने आरोप छ, समग्र पनौतीका जनताको कहिले बन्ने ?
यसलाई तपाईंले कुन आसयले भन्नु भयो मलाई थाह भएन । तर म चुनाव जित्नु अघि कांग्रेस पार्टीको थिएँ । निर्वाचित भैसकेपछि म समग्र नगरबासीको मेयर हो । म यो पार्टीको, उपार्टीको भनेर भेदभाव गर्ने मान्छे होइन । नगरबासीकै भोटले मैले जितेको हो । जनमतको आधारबाट जनप्रतिनिधि भएका हौँ । जनमत प्राप्त भइसकेपछि जनप्रतिनिधिले खेल्नु पर्ने भूमिका मेरो तर्फबाट भरपुर हुन्छ । जनप्रतिनिधिले अब पार्टीको आदेशलाई मान्ने होइन, सुझाव सल्लाह लिनु राम्रो हो । हामीले गलत ग¥यौँ भने पार्टीमाथि पनि प्रश्न उठ्ने भएकाले सही काम गर्नु हाम्रो कर्तव्य पनि हो ।

त्यसोभए यो गुनासो किन आयो त ?
सुझाव दिने भन्दैमा हामी माथी प्रश्न उठ्नु हुदैन भन्ने मेरो भनाइ होइन । म आउने वित्तिकै जनपक्षिय धेरै कार्य भएका छन् । जस्तै सरसफाई, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, खानी व्यवस्थापन, नगरको आन्तरिक आयलाई बढावा, प्रशासनिक चुस्तता, भौतिक संरचना निर्माण लगायत र व्यवस्थापन पक्ष सुधारका कार्यलाई फितलो हुन दिएका छैनौं । शुसासन युक्त व्यवस्था कायम राख्न हरदम लागि परेका छौं । भ्रष्टाचार मुक्त समाज यहीले पुस्ताले खोजीरहेका छन् र नुरुन्तै नतिज खोजीरहेका छन । त्यसैले तत्काल रिजल्ट होइन कि सामरिक महत्व सहितको रिजल्ट दिनु हाम्रो दायित्व हो । यसरी नै बुझ्दा राम्रो ।

नतिजाको कुरा गरिरहँदा तपाईहरुको नगर सभा अहिले सम्म बस्न नसक्नुको कारण के त ?
१३ औँ नगरसभामा केही विवाद पक्कै देखिए । त्यो चाँही अहिले मलाई गजब लाग्छ । बुझ्नेले पनि बुझ पचाए पछि हुने यस्तै हो । जब सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन हामीले एउटा इल्ः सर्भे गराएका थियौँ । त्यसमा केही साथीहरुले विमति राख्नु भयो । कार्यपालिकाको बैठकमा राम्रै छ भन्नुहुन्छ । तर अहिले होईन, भोलि भन्नुहुन्छ । भोलि भोलि भन्दै जाँदा नतिजा त जनताले पाउँदैन ।

जनताले खोजेको त शुसासन, छिटो छरितो सुविधा, निर्णय भएका काम यथासिघ्र होस् भन्ने खोजेका छन् । त्यसैले यो दुर्भाग्य कुरा हो । मैले स्पष्टसंग मेरो पार्टीलाई पनि भनेको छु । म निर्वाचित जनप्रतिनिधि हुँ । मेरो भुमिका फराकीलो छ । पार्टीले दिएको जिम्मेवारीलाई मनन गर्दै जनताको मतको कदर गर्न मैले राम्ररी जानेको छु । जनमत विपरित चल्ले मलाई छुट छैन ।

यहाँ जनमतको कदर कसले गरेन ?
जनमतको कदर सबैले गर्नुपर्छ । कसले ग¥यो, कसले गरेन ? त्यो कुरा गौण हो । फलानोले गरेन भन्नु भन्दा पनि जनप्रतिनिधि भइसकेपछि जनमतको कदर गर्नै पर्छ । नीति तथा कार्यक्रममा हाम्रो छलफल घनिभूत हुन्छ ।

तपाइले यति मात्र भनेर जनताले नबुझ्न सक्छन् ?
जनताले बुझ्ने भाषामा नै स्पष्ट भनेको छु । हाम्रो पनौती नगरपालिकामा निष्ठावान कर्मचारी छन् । आफ्नो काममा दत्तचित्त भएर काम गरिरहेका छन् त्यसैले कर्मचारीको कुनै गुनासो छैन । कर्मचारी व्यक्तिप्रति जिम्मेवारी नभई संस्था प्रति जिम्मेवार हुनु पर्छ ।

व्यस्तताकोबीच समय दिनु भयो धेरै धेरै धन्यवाद ।
मेरो विचार जनतामाझ पुर्‍याइदिनु भएकोमा तपाईंलाई पनि धन्यवाद । कैलाश खबरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । भडियाे हेर्नुहाेस् 

 


Thali Mobile Pvt.Ltd.