भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जलवायु परिवर्तनले विषम परिस्थिति ल्याउने चेतावनी

जलवायु परिवर्तनले विषम परिस्थिति ल्याउने चेतावनी

काठमाडौं । नेपालको जल तथा मौसम विज्ञान विज्ञ प्रा.डा. सुरेशराज चालिसेले जलवायु परिवर्तनले विश्वमा ल्याउन लागेको अति विषम परिस्थितिबाट जोगिन भरपर्दो तथ्याङ्क संकलन र त्यसमा आधारित शोधको महत्वमा जोड दिएका छन् ।

जल तथा मौसम विद्हरूको साझा संगठन सोहम–नेपाल, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र स्माल अर्थ नेपालको संयुक्त आयोजनामा राजधानी सम्पन्न कार्यक्रममा चालिसेले आइपिसिसिले दुई दिन अगाडि मात्र प्रकाशन गरेको छैठौं मुल्याङ्कन प्रतिवेदनमा विश्वको औसत तापक्रम १ दशमलब १ डिग्री बढिसकेको र केही दशकभित्र यसले पृथ्वीको जलवायुमा भयानक परिवर्तन ल्याउने प्रक्षेपण गरेको जनाए ।

विश्व पानी सप्ताह अन्तर्गत नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा विश्व मौसम संगठन डब्लुएमओ स्थापना दिवस मनाई सम्पन्न भएको उक्त कार्यक्रममा चालिसेले जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जल तथा मौसम विज्ञान विभागले सोहम–नेपाल जस्ता संस्थासँग शोधकार्यमा हातेमालो गर्नुपर्ने कुरामा जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले अहिलेकोले भन्दा आगामी पुस्ताले जलवायु परिवर्तनको नकारात्मक प्रभाव बढी झेल्नुपर्ने भएकोले युवा वैज्ञानिकहरू थप सक्रिय भएर लाग्नुपर्नेमा जोड दिइन् । लगभग ६५ जना जल तथा मौसम विद्हरू सम्मिलित कार्यक्रममा त्रिवि केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. दीपक अर्याल तथा सोही विभागका प्राध्यापक टेकबहादुर क्षेत्रीले जलवायु परिवर्तनका विविध पक्षमा प्रकाश पारे ।

कार्यक्रममा गोविन्द झाले मौसम भविष्यवाणीको मोडलबारे, प्राध्यापक विनोद पोखरेलले भविष्यको मौसम तथा विषम जलवायुबारे र निक्कीश्री श्रेष्ठले नदी तथा पहिरोको अनुगमनबारे कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा आयोजक सोहम–नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ, सोहम–नेपालका महासचिव डा. के.एन. दुलाललगायतले जलवायु परिवतर्नका विविध पक्षमा चर्चा गरेका थिए ।

 

 

 


Thali Mobile Pvt.Ltd.